अष्ट्रेलिया कतार विश्वकपमा नकआउट प्रवेश गर्ने पहिलो एसियाली टिम

खेलकुद

काठमाडौं– कतारमा जारी विश्वकपमा अष्ट्रेलिया नकआउट चरणमा प्रवेश गर्ने पहिलो एसियाली टिम बनेको छ। उसले समूह ‘डी’ अन्तर्गत युरोपको बलियो टोली डेनमार्कलाई समूह चरणको अन्तिम खेलमा १–० गोलले पराजित गर्दै अन्तिम १६ मा आफ्नो स्थान सुरक्षित गर्यो।

यसअघि फ्रान्सले लगातार दुई खेल जितेर नकआउट चरणमा प्रवेश पाइसकेको अवस्थामा अष्ट्रेलियाका लागि डेनमार्कविरूद्धको खेल महत्वपूर्ण थियो।

तर, अनुभवी मिडफिल्डर म्याथ्यु लेसीले ६० मिनेटमा गोल गर्दै सकरुजको जितलाई सुनिश्चित बनाए। पहिलो हाफको खेल गोलरहित बराबरीमा टुंगिएको अवस्थामा लेकीले म्याग्रीको पासमा गोल गरे।

यो जितसँगै अष्ट्रेलिया १६ वर्षपछि नकआउटमा प्रवेश गरेको हो। यसअघि सन् २००६ को विश्वकपमा अष्ट्रेलिया नकआउटमा प्रवेश गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *