रास्वपाका अध्यक्ष रवि लामिछानेलाई प्रधानमन्त्री बनाउन एमाले अध्यक्ष केपी ओलीले पहल शुरु गरेका छन् । प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्रीमा रोक्न ओलीले लोसपा, नागरिक उन्मुक्ति पार्टी समेतलाई समेट्न थालेका छ्न ।
ओलीले आफू प्रधानमन्त्री हुन नपाउने भएपछि यो रणनीतिमा पुगेका हुन् । प्रचण्डलाई कुनै हालतमा प्रधानमन्त्री हुन नदिने बरु रविलाइ अघि सारेर जाने तयारीमा ओली छन् ।
(आज बिहान मैले लोसपाका एक नेतासंग अन्तर्वार्ता लिनको लागि फोन गर्दा उनले दिएको जानकारीको आधारमा ) स्मरणहोस, सत्ता गठबन्धन भित्र देउवाले प्रचण्डलाई प्रधानमन्त्री बनाउने र आफू राष्ट्रपति बन्ने तयारी शुरु गरेका छन् ।
देउवा अहिले रामचन्द्र पौडेललाई प्रधानमन्त्री बनाउन चाहनन् । साढे दुई बर्षपछि रामचन्द्रलाई प्रधानमन्त्री दिन प्रचण्ड तयार छन् । अब रोचक खेल के हुनेछ भने ओलीको ग्राण्डडिजाइन कति सफल हुन्छ ? त्यो केहि दिनभित्र देखिनेछ ।