यी कलाकारहरू जाे पहिलो फिल्मबाटै दर्शकमाझ छाप छोड्न सफल भएका हुन

मनोरंजन

पछिल्लो समय केही कलाकारहरू पहिलो फिल्मबाट नै चर्चा कमाइरहेका छन्। फिल्ममा पहुँचवालाबाट भित्रिए पनि केही कलाकारहरू आफ्ना कलाबाट दर्शकको मन जित्न सफल भएका छन्।उनीहरूको अभिनयलाई पछिल्ला युवा पुस्ताले मन पराएका छन्। यी हुन् नेपाली फिल्म क्षेत्रमा आफ्नो पहिलो फिल्मबाटै दर्शकको मनमा छाप छोड्न सफल केही कलाकारहरूःअनमोल केसीःअभिनेता भुवन केसीका छोरा अनमोल केसी पहिलो फिल्मबाटै चर्चाको शिखरमा छन्।

‘साथी म तिम्रो’ फिल्मी पर्दामा देखिए पनि उनले अभिनेताको रुपमा भने ‘होस्टल’ बाट सुरू गरेका थिए। उनलाई अनमोल केसी भनेर चिनाउने फिल्म थियो ‘होस्टल’।युवा वर्गलाई समेटेर तयार गरिएको फिल्मले व्यापारी रुपमा पनि निकै सफलता पाएको थियो भने दर्शकले पनि निकै रुचाएका थिए।

होस्टल पछि उनले ‘जेरी’ फिल्मा आफ्नो अभिनय दिए। यो फिल्म उनको चर्चा थप बढाएको थियो। हाल उनले ‘होस्टल’, ‘जेरी’, ‘ड्रिम्स’, ‘गाजलु’, ‘कृ’, ‘क्याप्टेन’, ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ जस्ता फिल्ममा अभिनय गरिसकेका छन्।हाल अनमोल अभिनित फिल्म ‘ए मेरो हजुर ४’ प्रदर्शन भइरहेको छ।साम्रज्ञी राज्यलक्ष्मी शाहःपछिल्लो समयकी चर्चित अभिनेत्री हुन् साम्रज्ञी राज्यलक्ष्मी शाह।

उनले भुवन केसीले निर्देशन गरेको फिल्म ‘ड्रिम्स’ बाट डेब्यू गरेकी हुन्। उनलाई डेब्यू फिल्म निकै फाप्यो। उक्त फिल्ममा उनले अभिनेता अनमोल केसीसँग काम गरेकी थिइन्।त्यसपछि साम्रज्ञी ले झरना थापाको निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ मा काम गरिन्। दोस्रो फिल्म पनि हिट भयो।

नव अभिनेता सलिनमान बानियाँसँग अभिनय गरेकी साम्राज्ञीलाई दर्शकलाई हलसम्म तान्न सक्ने अभिनेत्रीको रुपमा हेरियो।आफ्नो दमदार अभिनय दिएर चर्चामा रहेकी उनले ‘ड्रिम्स’, ‘ए मेरो हजुर २’, ‘मंगलम्’, ‘तिमीसँग’, ‘कायरा’, ‘इन्टु मिन्टु लण्डनमा’, ‘मारुनी’, ‘रातो टिका निधारमा’ लगायत फिल्ममा अभिनय गरिसकेकी छन् भने ‘ह्यारीकी प्यारी’को प्रदर्शनको पखाईमा छिन्।

सुहाना थापाःअभिनेत्री झरना थापाकी छोरी सुहाना थापाले ‘ए मेरो हजुर ३’ बाट अभिनय यात्रा सुरू गरेकी हुन्।पहिलो फिल्मबाट चर्चा कमाएकी सुहानाले‘ए मेरो हजुर ४’ मा पनि अभिनय गरेकी छन्, जुन हाल प्रदर्शनरत छ उनले आफ्नो अभिनयको कारण अभिनेता अनमोल केसीलाई छायाँमा पारेको समेत चर्चा छ।

जसिता गुरुङःमिलन चाम्सको निर्देशनमा बनेको फिल्म ‘लिलिबिली’ बाट डेब्यू गरेकी अभिनेत्री जसिता गुरुङलाई राम्रो सम्भावना बोकेकी अभिनेत्रीको रुपमा हेरिन्छ।उनले दोस्रो फिल्म ‘लभ स्टेनशन’ मा अभिनेता प्रदीप खड्कासँग काम गरेकी थिइन्। यो फिल्मले भने उनलाई त्यति राहत दिएन।टर्की फिल्मबाट प्रभावित भएर तयार पारिएको फिल्मलाई दर्शकले हलसम्म गएर हेर्ने कष्ट गरेनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *