काठमाडौं । भन्छन्, मुटुको बाटो पेट हुँदै जान्छ । तर यो कुरा एक भनाईमा सिमित नभएर वास्तविक बनेको छ ।पाकिस्तानका एक व्यक्तिले स्वादिष्ट मटन (खसीको मासु) बनाएर युवतीलाई यसरी प्रभावित गरे कि कुरा बिहेसम्म पुग्यो ।अहिले यो जोडीको प्रेमकथा सामाजिक सञ्जालमा निकै भाइरल भइरहेको छ । उनीहरुको कुनै चलचित्रको दृश्य भन्दा कम छैन । पहिले झगडा, त्यसपछि प्रेम भयो ।
तपाईं यसलाई एकतर्फी प्रेमका रुपमा पनि लिन सक्नुहुन्छ । युवतीलाई आफ्नो माया जालमा पार्नका लागि ती पुरुषले नोकरको रुपमा काम गर्न थाले । अनि खसीको मासु खुवाएर आफ्नो माया जालमा पारेर बिहेसम्म गर्न भ्याएका हुन् ।
यो कहानी २२ वर्षीया आलिया र ५५ वर्षीय रफिकको हो । यो जोडीको प्रेम कहानी पाकिस्तानी युट्युबर सैयद बासित अलीले आफ्नो च्यानलमा सेयर गरेका छन् । दुबैले पहिलो पटक एक अर्कालाई रिक्सामा भेटेका थिए ।
तर त्यहाँ केही गडबड हुँदा आलियाले रफिकलाई एक थप्पड हानेकी थिइन् । प्रेमकथा सुनाउँदै रफिकले भने, ‘हामी दुबैजना रिक्सामा भेट्यौं । रिक्सामा अर्को केटा थियो, जसले आलियालाई हेरिरहेको थियो ।
मैले त्यो केटाको प्रतिकार गरें, हामीबीच झगडा भयो र मैले उसलाई धेरै पिटें । त्यसपछि मैले आलियालाई देखेँ, उनी रिसाएकी थिइन् । मलाई धन्यवाद दिनुको सट्टा आलियाले मलाई थप्पड हानिन् ।’
पहिलो भेटको बारेमा कुरा गर्दै आलियाले भनिन्, ‘रफिकले मलाई रिक्सामा सवार अरू केटाभन्दा बढी हेरिरहेको थियो, त्यसैले मैले उसलाई थप्पड हानें ।