सर्बियालाई हराउँदै ब्राजिलकाे विजयी सुरुवात

खेलकुद

कतारमा जारी फिफा विश्वकप फुटबलमा ब्राजिलले विजयी सुरुवात गरेकाे छ । पाँच पटककाे विश्वकप विजेता ब्राजिलले बिहीबार रातिकाे खेलमा सर्बियालाई २-० गाेल अन्तरले हराउँदै जित हात पारेकाे हाे ।

ब्राजिलका तर्फबाट दुवै गाेल रिकार्लिसनले गरेका हुन् । कतारकाे लुसाइल रंगशालामा भएकाे खेलकाे पहिलाे हाफ गाेलरहित भए पनि ६२ औँ मिनेटमा रिकार्लिसनले गाेल गरेर ब्राजिललाई सुरुवाती अग्रता दिलाए । फेरि उनले ७३ औँ मिनेटमा अर्काे गाेल गरे ।

जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोड्दै शीर्ष स्थानमा रहेको छ भने अंकविहीन सर्बिया पुछारमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *