एमालेको बलियो खम्बा ढल्यो, गणतन्त्रवादी कमल थापाको लज्जास्पद हार

समाचार

राप्रपा नेपालका अध्यक्ष कमल थापा सूर्य चिन्हबाट प्रतिनिधि सांसदमा विजयी हुने आशामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँगको लबिङमा टिकट हात पारे । नेकपा एमाले मकवानपुरभित्र थापालाई टिकट दिएकै कारण विवाद उब्जियो । मनोनयन दर्ताको दिन एमाले कार्यकर्ताले नै थापाविरुद्ध नाराबाजी गरेर पार्टी कार्यालयमा ताला नै लगाएका थिए । यस्तो माहोलको बीचमा पनि पार्टी नेतृत्व तहको बलमा थापाले मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर १ का लागि उम्मेदवारी दर्ता गराएका थिए ।

राप्रपा नेपालको झण्डा र चुनाव चिन्ह नै भुलेर थापा नेकपा एमालेको सूर्य चिन्हमा मख्ख पर्दै चुनावी प्रचारप्रसारमा लागिरहे । मंसिर ४ गते आम्निर्वाचन सम्पन्न पनि भयो । आइतबार रातिसम्म जिल्लाका सबै मतपेटीका हेटौंडा आइपुगेपछि सोमबार बिहानदेखि मतगणना सुरु गरियो । प्रारम्भिक मतगणना देखि नै थापाको मुख्य प्रतिद्धन्द्वीको रुपमा रहेका लोकतान्त्रिक बाम गठबन्धनकी साझा उम्मेदवार नेपाली कांग्रेसकी महालक्ष्मी उपाध्याय ९डिना०ले अग्रता जमाइरहिन् । सुरुवातदेखि नै थापा कहिल्यै अगाडि जान सकेका छैनन् ।

एमालेका मतदाताले नपत्याएका हुन् र

थापा एमालेसँग गठबन्धन गरेर निर्वाचनमा होमिन लागेको थाहा पाउन बित्तिकै आक्रोशित बनेका कार्यकर्ता तथा मतदाताहरूले साथ नदिएका हुन् कि भन्ने प्रश्नको चर्चा सुरु भएको छ । मनोनयन दर्ता देखि नै थापालाई मतदाताले नपत्याउने हुन् कि रु यसले चुनावी माहोलमा कस्तो असर पर्ला लगायतका प्रश्नहरू उब्जाएको थियो ।
मकवानपुर प्रदेशसभा १९ख० का उम्मेदवार नेकपा एमालेकै एकलाल श्रेष्ठ मतगणनाको सुरुवात देखि नै अग्रता कायम राख्दै १४ हजार मतले विजयी भइसकेका छन् । १९क० मा पनि एमाले उम्मेदवार कमल विष्टको मतपरिणाम पनि निकै राम्रो छ । तर, सोही क्षेत्रबाट प्रतिनिधि सांसदका उम्मेवार कमल थापालाई अत्याधिक मत नआउनु एमाले मतदाताले उनलाई प्राथमिकतामा राखेर मत नदिएको प्रक्षेपण सुरु भएको छ ।

समर्थनको आशा बोकेका थापा विरुद्ध कार्यकर्ताले गरेको आक्रोशित व्यवहारको कारण पनि थापालाई निर्धक्क भएर एमालेका मतदाताहरूले मत नदिएकै कारण पछि परिरहेका हुन् कि भन्ने आशंका चुलिएको छ ।

३ हजारको मतान्तर

गठबन्धनकी उम्मेदवार महालक्ष्मी उपाध्याय ९डिना० भन्दा थापा झण्डै ३ हजार मतान्तरले पछ्याइरहेका छन् । हालसम्म ४६ हजार ६ सय ५५ मतगणना हुँदा थापाले १३ हजार ६ सय १८ मत प्राप्त गरेका छन् । अग्रस्थानमा रहेकी डिनाले १६ हजार ३ सय ८६ मत ल्याएकी छन् । त्यस्तै, राप्रपाका उम्मेदवार दीपकबहादुर सिंहले १० हजार ९ सय ३२ मत प्राप्त गर्दै तेस्रो स्थामा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *