काभ्रे २ मा पहिलोपटक गोकुल बास्कोटाले लिए अग्रता कति पुग्यो उनको अहिले सम्मको मत?

समाचार

काठमाडौं ।मतगणनाको सुरुदेखि नै पछि परेका नेकपा एमालेका नेता गोकुल बास्कोटा झिनो मतले अगाडि आएका छन् ।बेथानचोक गाउँपालिका, बनेपा नगरपालिका र पनौतीका दुई वडाको गणना सकिदा बास्कोटाले २७६ मतको अग्रता लिएका छन् ।उनले १७ हजार ५२ मतले अग्रता लिँदा गठबन्धनका उम्मेदवार शिव हुमागाईंले १६ हजार ७७६ मत पाएका छन् ।

एमाले अध्यक्ष ओली नयाँ किर्तीमानसहित झापा-५ बाट निर्वाचित
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली सत्ता गठबन्धनका उम्मेदवारलाई निकै ठूलो मतान्तरमा पराजीत गर्दै झापा ५ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको छ ।

अध्यक्ष ओलीले सत्ता गठबन्धनका उम्मेदवारलाई २८ हजार भन्दा बढी मतले पछि पार्दै झापा ५ बाट निर्वाचित हुनुभएको हो । भर्खरै सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार एमाले अध्यक्ष ओलीले ५२ हजार ३१५ मत प्राप्त गर्नुभएको छ ।

उहाँसँग प्रतिस्पर्धा गर्नुभएका सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार खगेन्द्र अधिकारीले २३ हजार ७४१ मत मात्र पाउनु भएको छ । ओलीले पाउनु भएको मत अधिकारीले पाउनु भएको मत भन्दा २८ हजार ५७४ बढी हो ।

ओलीले प्राप्त गर्नुभएको मत यो निर्वाचनमा अहिलेसम्म सवैभन्दा बढी हो । २०४८ सालदेखि सोही क्षेत्रबाट चुनावमा प्रतिस्पर्धा गर्दै आउनुभएका पूर्वप्रधानमन्त्री ओली २०६४ सालको संबिधानसभा निर्वाचनबाहेक सवै निर्वाचनमा बिजयी बन्दै आउनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *