रामकुमारी झाँक्रीलाई जिताउन नसकेपछि जिल्ला अध्यक्ष महतले दिए राजीनामा

समाचार

रूपन्देही । नेकपा एकीकृत समाजवादीकी सचिव रामकुमारी झाँक्रीलाई गुल्मी २ बाट जिताउन नसकेपछि सो पार्टीका जिल्ला अध्यक्ष श्रीराम महतले राजीनामा दिएका छन् ।एकीकृत समाजवादीका जिल्ला अध्यक्ष महतले पार्टीको जिल्ला अध्यक्ष पदबाट राजीनामा दिएको सामाजिक सञ्जालबाट जानकारी गराएका हुन् ।

महतले पराजयको नैतिक जिम्मेवारी लिँदै जिल्ला अध्यक्षबाट राजीनामा दिएको उल्लेख गरेका छन् ।केही समयअघि यहाँका जिल्ला अध्यक्ष तथा केन्द्रीय सदस्य नरेश भण्डारी एमालेमा प्रवेश गरेपछि महत अध्यक्ष भएका थिए ।

झापा २(१)मा एमालेका कार्की फराकिलो मतान्तरले विजयी

मंसीर ४ मा भएको निर्वाचनको मतगणना चलिरहँदा झापा निर्वाचन क्षेत्र नं. २ अन्तरगत प्रदेशसभा १ को अन्तिम मत परिणाम सार्वजनिक भएको छ ।

नेकपा एमालेका प्रदेश कमिटी सदस्यसमेत रहेका प्रदेशसभा सदस्य पदका उम्मेदवार एकराज कार्कीले झापा २(१)मा निकटतम् प्रतिष्पर्धी गठबन्धन दलका पुष्पराज पोखरेललाई भारी मतान्तरले पराजित गरेका हुन् ।

एमालेका उम्मेदवार कार्कीले १८ हजार ७३१ मत प्राप्त गर्दा गठबन्धन दलका उम्मेदवार पुष्पराज पोखरेलले ६ हजार ८० मतमात्र प्राप्त गरे । दुई उम्मेदवारले प्राप्त गरेको मत अन्तर १२ हजार ६५१ मत रहेको छ ।

नवनिर्वाचित प्रदेशसभा सदस्य कार्की निवर्तमान प्रदेशसभा सदस्य पनि हुन् । उनले २०७४ सालको आम निर्वाचनमा झापा २(१) बाट नेपाली कांग्रेसका उम्मेदवार, तत्कालीन जिल्ला सचिव लक्ष्मण खड्कालाई पनि भारी मतान्तरले पराजित गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *