झाँक्रीका लागि संसदको बाटो बन्द, राजनीतिबाटै आउट !

समाचार

गुल्मी– गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। गुल्मीमा आफ्नो प्रभाव राख्न सफल विष्टले यसपटक पनि चुनाव जितेर ‘ह्याट्रिक’ गरेका छन्।

उनले यसअघिका दुई निर्वाचनमा पनि जित हासिल गरेका छन्। २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विष्ट विजयी भएका थिए।२०६४ सालको संविधान सभा निर्वाचनमा भने विष्ट नेकपा माओवादीका चन्द्रबहादुर थापा (सागर)सँग पराजित भएका थिए।

अहिलेको प्रतिनिधि सभा निर्वाचनमा विष्टसँग नेकपा एकीकृत समाजवादीकी रामकुमार झाँक्री प्रतिस्पर्धामा उत्रिएकी थिइन्। विष्ट र झाँक्री पूर्व सहकर्मी समेत हुन्।नेकपा एमाले विभाजन हुँदा झाँक्री माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी गठनमा लागेकी थिइन्।

विष्ट भने एमालेमै रहे। विष्ट एमालेमै रहेको प्रभावले पनि गुल्मीमा एमालेको संगठन कमजोर नभएको स्थानीय राजनीतिकर्मीको विश्लेषण छ।झाँक्री भने सत्ता गठबन्धनको साझा उम्मेदवारका रुपमा गुल्मी २ बाट प्रतिनिधि सभा सदस्यका लागि प्रतिस्पर्धामा उत्रिएकी हुन्।

एमालेका विष्टले २८ हजार ४७६ मत ल्याए। उनकी प्रतिस्पर्धी झाँक्री २६ हजार ४४२ सीमित रहिन्। झाँक्रीसँग २ हजार ३४ मतको अग्रतासहित विष्टले जित हासिल गरे।

यससँगै प्रतक्ष निर्वाचित सांसद बन्ने झाँक्रीको सपना चकनाचुर हुन पुगेको छ। झाँक्री यस अगाडी नेकपा एमालेको तर्फबाट समानुपातिक सासंद बनेकी थिइन्। यस हारसँगै अब झाँक्रीको राजनीतिक करियर धरापमा परेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *