जुम्लामा ज्ञानेन्द्र शाहीको तहल्का, कसैले भेट्टाउन नसक्नेगरी हाने जम्प !

समाचार

काठमाडौँ – जुम्लामा प्रतिनिधि सभातर्फ राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) जित तर्फ अगाडी बढेको छ। मतगणना निरन्तर शिर्ष स्थानमा रहँदै राप्रपा जित तर्फ अगाडी बढेको हो।पछिल्लो अपडेटका अनुसार राप्रपाका उम्मेदवार ज्ञानेन्द्र शाहीले फराकिलो मतान्तरसहित अग्रता जारी राखेका छन्। उनी निकटतम प्रतिद्वन्दी भन्दा ६ हजार ४१७ मतले अगाडी रहेका छन्।

पछिल्लो परिणाम अनुसार शाहीले १२ हजार ५१५ मत पाएका छन् । माओवादी केन्द्रकी उम्मेदवार गोमा गौतम कुँवरको मत ६ हजार ९८ मत छ। नेकपा एमालेका उम्मेदवार रतननाथ योगीले २ हजार ९६० मत पाएका छन् ।

४५ हजार ५९ मत खसेकोमा हालसम्म २३ हजार ८२९ मत गणना भएको छ । १ हजार ३०४ मत बदर भएको छ । २०७४ को निर्वाचनमा जुम्लाबाट माओवादी केन्द्रका गजेन्द्र महतले जितेका थिए ।

इश्तियाक राईलाई हराउँदै राप्रपाका धवलशमशेर विजयी

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री धवलशमशेर जबरा बाँके १ बाट निर्वाचित भएका छन् । जसपाका मोहम्मद इश्तियाक राईलाई ६ हजार ५७ मतान्तरले हराउँदै उनी सांसद बनेका हुन् ।

नेपालगन्ज उपमहानगरका पूर्वमेयरसमेत रहेका जबराले २९ हजार ५७७ मत ल्याए । उनका निकटतम प्रतिस्पर्धी जसपाका नेता राईले २३ हजार ५२० मत ल्याएका छन् ।गठबन्धनतर्फबाट उम्मेदवार बनेका कांग्रेसका सुदीपनरसिंह राणाले ४ हजार ४०३ मत प्राप्त गरे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *