हारपछि मेसीले भने- यो कठिन हार हो, माफीको ठाउ छैन

खेलकुद

काठमाडौँ । साउदी अरेबियासँग हार बेहोरेपछि लियोनेल मेसीले यस हारमा माफीको कुनै ठाउ नभएको प्रतिक्रिया दिएका छन् ।अर्जेन्टिनी फुटबल फेडेरेसनले मेसीको भनाई उल्लेख गर्दै आफुहरु अब अप्ठ्यारो अवस्थामा पुगेको भन्दै टिम फेरी एक भएर खेल्नुपर्ने बताएका छन् ।

मेसीले भनेका छन्- ‘माफीको कुनै ठाउ छैन, हामी फेरी एक हुनुपर्छ, यो समुह कठिन छ भन्ने उनीहरुले देखाए । अब यस्तो देखिएको छ की हामी धेरै टाढा नपुग्न पनि सक्छौं । अब हामी बलियो छौं भन्ने देखाउने बेला आएको छ ।’

मेसीले सबैका लागि यो निकै कठिन हार भएको बताएका छन् । उनले विश्वकपमा यस्तो शुरुवातको अपेक्षा नगरेको बताउदै अब हामीले जित्ने नजित्ने हामीमै भरपर्ने बताएका छन् ।

साथै मेसीले साउदी टिममा राम्रो खेलाडी रहेको र उनीहरुले उत्कृष्ट फुटबल खेलेको पनि बताएका छन् ।विश्वकपमा समुह सी मा रहेको अर्जेन्टिनाले अब अर्को खेल मेक्सिकोसँग खेल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *