अष्ट्रेलियामा नेपालि विद्यार्थीहरु किन लिभिङ्ग टुगेदरमा बस्छन ?

समाचार

अष्ट्रेलिया :- अष्ट्रेलिया अहिले धेरै नेपाली विद्यार्थीहरुका लागि सपनाको देश बनिरहेको छ । आफूले रोजेअनुसारको पढाइ र त्यसपछिको राम्रो करियरको लागि नेपाली विद्यार्थीले अष्ट्रेलियालाई आफ्नो गन्तव्य बनाइरहेका छन् ।नेपाली विद्यार्थीहरु पढाईको लागि भन्दा पनि लिभिङ्ग टुगेदरको लागि अष्ट्रेलिया जान्छन् भन्ने सम्म पनि सामाजिक संजालमा व्यंग्य देखिन थालेका छन् ।

अष्ट्रेलियामा डलर आम्दानी हुन्छ भनेर नेपालबाट हिसाब गर्ने गर्छौं । तर यहाँको खर्च पनि डलरमै हुन्छ । जसले गर्दा विद्यार्थीले पहिले सोंचे अनुसारको, नेपालबाट परिवारले आशा गरे अनुसारको बचत हुन सक्दैन ।

लिभिङ्ग टुगेदरमा बस्दा खर्च बाँडिन्छ । जसले गर्दा विद्यार्थीलाई आर्थिक मद्दत पुग्छ ।नेपालमा परिवारसंग बसेका, आफूले चिनेको वातावरणमा घुलमिल भएर हिडिरहेका व्यक्तिहरु अष्ट्रेलिया आएपछि एक्लो महसुस गर्न थाल्छन् ।

उनीहरु भावनात्मक रुपमा भित्र भित्रै कमजोर भइरहेका हुन्छन् । असल पार्टनरको साथमा रहंदा त्यो एक्लोपना कम हुँदै जान्छ । उनीहरु आफूलाई भावनात्मक रुपमा आफूलाई बलियो महसुस गर्न थाल्छन् ।

जसले गर्दा उनीहरु फ्रस्टेसन तथा डिप्रेसनबाट बच्न सक्छन् ।नेपाली समाजमा लिभिङ्ग टुगेदरलाई त्यति राम्रो दृष्टिकोणले हेरिदैन । विद्यार्थीहरु अष्ट्रेलिया आएपछि स्वतन्त्र महसुस गर्न थाल्छन् ।

उनीहरुको जीवनशैली माथी मूल्यांकन गर्ने समाज यहाँ हुँदैन । न त उनीहरुलाई अंकुश लगाउने परिवार तथा आफन्त नै । जसले गर्दा उनीहरु आफ्नो चाहना अनुरुप जिउन थाल्छन् ।

केही विद्यार्थीहरु त्यही चाहना अनुरुप लिभिङ्ग टुगेदरमा बस्न थाल्छन् ।लिभिङ्ग टुगेदरमा बस्नेहरु कोही नेपालमा रहंदा देखिकै प्रेमी-प्रेमीका हुन्छन् भने कोही अष्ट्रेलिया आएपछि सम्बन्ध गांसेकाहरु हुन्छन् ।

परिवारबाट टाढा रहंदा लिभिङ्ग टुगेदरले एक्लोपना, आर्थिक तनावको कमी गरिदिन्छ । तर आपसी असमझदारी बढ्यो भने या पार्टनरलाई राम्रोसंग नबुझी लिभिङ्ग टुगेदरमा रहन थाल्ने हो भने त्यसले जीवन तहस नहस पारिदिन पनि सक्छ ।

त्यसैले लिभिङ्ग टुगेदरमा बस्दा होस्, साथीहरुसंग बस्दा होस्, या विवाह गरेर बस्दा होस्, आफ्नो पार्टनरलाई, आफ्नो साथीलाई राम्रोसंग बुझ्न जरुरि हुन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *