जेरी र उनका पति शंकर क्षेत्रीको जोडीलाई पछिल्लो समय दोहोरी गायन क्षेत्रमै उदाहरणीय मानिन्थ्यो। प्राय लाइभ दोहोरी कार्यक्रममा उनीहरूको खोजी हुन्थ्यो। जेरीले आफूहरूबीचको प्रेम सम्बन्धलाई बयान गरेर कैयन दोहोरी गाएकी थिइन्।
धेरैले सोचेका पनि थिएनन्, उनीहरूको सम्बन्ध छिट्टै दुर्घटनामा पर्नेछ। त्यसैले, करिब महिना दिन अगाडि उनीहरूको डिभोर्सको हल्ला चल्दा कमैले पत्याएका थिए। करिब एक महिनादेखि भने उनीहरू अलग–अलगै बस्न थालिसकेका थिए।
कसैको विवाह वा सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत मामिला हो। तर, सम्बन्ध विच्छेदका घटना नेपाली समाजमा ठूलै सामाजिक मुद्दा बन्दै आएको छ। नेपालको लोकदोहोरी क्षेत्रमा निकै चर्चित नाम जेरीको वैवाहिक सम्बन्ध टुट्ने संघारमा रहिरहँदा चर्चा नहुने कुरै भएन।
जेरीले डिभोर्स गरेसँगै सार्वजनिक रूपमा चर्चा सुरु भएको छ। कसैको विवाह वा सम्बन्ध विच्छेद नितान्त व्यक्तिगत मामिला हो। तर, सम्बन्ध विच्छेदका घटना नेपाली समाजमा ठूलै सामाजिक मुद्दा बन्दै आएको छ।
डिभोर्स गरेसँगै अहिले लाइभ दोहोरीमै जेरीले पारिवारिक विषय ल्याएर आँशुको भेल बगाउन थालेपछि मिश्रित प्रतिक्रिया आउन थालेको छ । धेरैले उनीप्रति सहानुभूति जनाइरहेकै छन्, तर कतिपयले ‘आँशुको व्यापार गरेको’ आरोप पनि लगाएका छन् ।
लाइभ दोहोरीमा पहिल्यैदेखि बहुचर्चित जेरी डिभोर्सपछि झन् धेरै डिमान्डेड बनिरहेकी छन् । प्रायः दोहोरी सञ्चालकले उनलाई वास्तविक जीवनमाथि नै गाउन लगाइरहेका छन् र उनले पनि खुशीसाथ गाइरहेकी छन् । केहि दोहोरीमा व्यक्त भावअनुसार परिवारले नरुचाउँदा-नरुचाउँदै जेरीले शंकरसँग एकोहोरो प्रेम र विवाह गरेकी थिइन् ।