आज र भोलि नेपाल बन्दको घोषणा !

समाचार

मंसिर ४ गते अर्थात भोलि हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको निर्वाचनको वि’रोधमा नेपाल बन्द आह्वान गरिएको छ । गौरव नेतृत्वको नेकपा (माओवादी) ले आज र भोलि नेपाल बन्दको आह्वान गरेको बताइएको हो ।

तर, उक्त आह्वानको मुलुकभर कहिँ कतै प्रभाव नपरेको सुरक्षा निकायको भनाइ छ । बन्दको घोषणा गरे पनि मुलुकभर प्रभाव शून्य देखिएको हो । विप्लव नेतृत्व लगायतका वामपन्थी दलहरुले पनि निर्वाचन ब’हिष्कारको घोषणा गर्दै आएका छन् ।गत १५ कात्तिकमा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव विथोल्ने निर्णय गरेको थियो ।

नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको ४ कात्तिकमा बसेको दोस्रो बैठकले चुनाव खारेज गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य सन्तोष बुढामगरले जानकारी दिए ।

चुनाव खारेज अभियान अन्तर्गत देशव्यापी रुपमा भण्डा’फोर र प्रचार अभियान चलाउने निर्णय भएको मंगलबार काठमाडौंको प्रज्ञा प्रतिष्ठान भवनमा आयोवित पत्रकार सम्मेलनमा उनले बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *