बस्तीमा छिरेर पैसा बाढ्दाबाड्दै कानुनमन्त्री थापा पक्राउ

समाचार

गण्डकी प्रदेशका कानुनमन्त्री एवं कास्की २(२) का उम्मेदवार विन्दुकुमार थापालाई पैसा बाँड्न आएको भन्दै समातिएका छन् । पोखरा–१६ बाटुलेचौरको गन्धर्व बस्तीमा उनलाई स्थानीयले साँझ साढे सात बजे नियन्त्रणमा लिएका हुन् । उनलाई सुरक्षा रोहबरमा आजलाई छोडिएको छ ।

कास्की २ का मुख्य निर्वाचन अधिकृत दयाराम अधिकारीले बिहीबार थप छलफल गर्ने बताएका छन् । ‘७ बजेपछि प्रचारमा निस्किन पाइँदैन । यो विषयमा भोलि कुरा हुन्छ,’ उनले भने ।एमालेका स्थानीय नेताले निर्वाचन आचारसंहिता उल्लंघनको आरोपमा थापाविरुद्ध बिहीबार उजुरी दिने तयारी गरेका छन् ।

यो पनि -आसन्न मंसिर ४ गते सम्पन्न हुन गइरहेको निर्बाचनमा नेकपा एमालेको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार बिद्या भट्टराई र प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्की लाई सो ठाउँका स्थानियहरूले कास्की बिकासको नेतृत्व गर्ने गरि बिजयी गराउने आश्वासन दिएका छ्न।

निर्बाचन अभियानका क्रममा आफ्नो गृह वडा पोखरा महानगरपालिका वडा न ३३ पुगेका एमाले उम्मेदवारद्वय भट्टराई र कार्किलाइ यसपाली आफुहरूले महत्त्वपूर्ण अबसर गुम्न नदिने भन्दै सो क्षेत्रको योजनाबद्ध एकीकृत बिकासको अबधारणालाइ साकार पार्न आग्रह गरे।

बिकासका कुशल अभियन्ता स्वर्गीय नेता रबिन्द्र अधिकारीको जन्मथलो समेत रहेको भरत पोखरीका जनताले संघिय र प्रदेशका दुबै प्रत्यक्षका उम्मेदवार आफ्नै वडाले पाउनु एतिहासिक र बिकासको नेतृत्वका लागि अभुतपूर्ब मौका भएको प्रतिक्रिया दिएका छ्न।

स्थानिय निराजन अधिकारिले २०६६ सालमा पर्यटन क्षेत्र घोषित उक्त क्षेत्रमा पर्यटकिय बिकासको थप काम प्रतिबद्धतापत्रमा समाबेश गरेकोमा धन्यवाद दिदै भौतिक पूर्बाधार लगाएत बिकासका काम एमालेबाट निर्बाचित जन( प्रतिनिधिहरूको अगुवाईमा अगाडि बढिरहेको बताए।

सो अबसरमा उक्त क्षेत्रको निबर्तमान साम्सद समेत रहेकी उम्मेदवार बिधा भट्टराईले आफ्नो पहलमा भएका बिकास निर्माणको जानकारी दिदै बिरौटा हुँदै कोत्रे जोड्ने चार लेनको सडक अब निर्माणको प्रक्रियामा प्रबेश गरेकोमा खुशी व्यक्त गर्दै सहयोग गर्ने सबैमा आभार प्रकट गरिन।

उक्त अबसरमा प्रदेश सभा सदस्य पदका उम्मेदवार भिम बहादुर कार्कीले पोखरा महानगरका वडामा पर्ने वरपरका डाडाहरूलाई महानगरीय बिकासको अबधारणा अनुसार विभिन्न मोडलमा बिकास गर्ने भन्दै पोखरा ३३ र २१ लाई “ग्रीन हिल सिटि” को रुपमा बिकासको योजना रहेको बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *