अब रित्तेको खुशी भर्ने र तितो यथार्थ भुल्दै पीडा लाई शक्तिमा बदल्ने कोसिस गर्नेछु, भन्दै जेरीले लेखिन यस्तो स्टाटस

समाचार

श्रीमान् शंकर क्षेत्री सँग सम्बन्ध विच्छेदपछि लोकदोहोरी गायिका बबिता बानियाँ ‘जेरी’ले आफूलाई अझै सामान्य बनाउन सकेकी छैनन्। एक छोरीका अभिभावक उनीहरूले यही कात्तिक २४ गते काठमाडौं जिल्ला अदालतमा गएर ‘डिभोर्स’ गरेका हुन्।

श्रीमानले सम्बन्ध विच्छेद गर्न आग्रह गरेदेखि सञ्चारमाध्यमलाई रुँदै अन्तर्वार्ता दिइरहेकी जेरीले आफ्नो पीडा पोख्न अझै छाडेकी छैनन्। उनको आँसु अझै थामिएको छैन भन्ने कुरा उनले हरेक दिनजसो फेसबुकमा लेख्ने स्टाटसले पनि बताउँछन्।

उनले पछिल्लो स्टाटसमा आफूले चोट सहन सके पनि बच्चाको कुराले आँसु झर्ने गरेको बताएकी छन्। यस क्रममा उनले भगवान्‌सँग आफूलाई ढुंगा बनाइदेऊ भनेर पुकारा पनि गरेकी छन्। आफ््नो डिभोर्सको कारण श्रीमान्को चरित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्नु र हाँसखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।

‘मलाई चरित्रसँग जोडेर मानसिक ट’र्चर समेत गर्नुहुन्थ्यो । ‘काम पर्ने सबै साथीहरुसँग जोडेर झुटो आरोप लगाउनुहुन्थ्यो ’ जेरीले अगाडि थपिन् ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दैछु ।’ करिब ७ वर्ष प्रेम र वैवाहिक जीवन टुङ्ग्याएकी जेरीले डिभोर्सको दिन जीवनकै खराब दिनको रूपमा लिएको बताइन् ।

‘अहिलेको सम्बन्ध टुङ्गिए पनि नयाँ आस र बाच्ने आधारको दिन पनि सुरु हुन्छ’ उनले रुँदै थपिन् ‘सँगै रहेर पनि मेरी छोरीले कहिल्यै बाबाको माया पाएकी छैन । मिडियाले पनि बाबालाई नछुटाउन भन्नु भएको छ ।

उनले स्टाटसमा लेखेकी छन्, ‘मेरो जेभन्नुथियो मैले डिभोर्स अगाडि लालिगुरास लगाएत केही मिडिया मार्फत आफ्नो आधिरिक कुरा राखिसके,,अब उहाको र मेरो बाटो र जीवन नै अलग भैसकेको छ,,कैले कस्तो साहित्य र गित सङ्गीत मा पोखिन मन लाग्छ,,,अब रित्तेको खुशी भर्ने र तितो यथार्थ भुल्दै पीडा लाई शक्ति मा बदल्ने कोसिस मा छु,,,केही मिडिया ले मनगढन्ते कथा बनाएर मेरो आगो लागेको संसार को खरानी समेत नउडाउन अनुरोध गर्दछु । memory never ends

Leave a Reply

Your email address will not be published. Required fields are marked *