प्रियंका चोपडा भन्छिन् ‘छोरी मालती जन्मिएपछि मेरो भाग्य चम्कियो’

मनोरंजन

ग्लोबल आइकन प्रियंका चोपडा र उनका पति निक जोनस यस बर्ष अभिभावक भएका छन् । यो उनीहरु दुबैको लागि नयाँ अनुभव रहेको छ । त्यसैले पनि यी दुई जोडीका लागि यो बर्ष एकदमै बिशेष रहेको छ । किनकि उनीहरु दुबै आमा र बुवा बनेका हुन् । उनीहरुको छोरीको नाम मालती रहेको छ । मालतीको यो पहिलो फादर्स डे समेत रहेको छ ।

उनकी मालती घर फर्किए संगै अभिनेत्री अत्यन्तै खुशी पनि रहेकी छिन् । उनले आफ्नो सन्तान संग बिशेष समय बिताईरहेकी छिन् । यसैबीच फादर्स डेको अवसरमा प्रियंकाले मालती र निकलाई विशेष उपहार दिएकी छिन् । जसको तस्विर उनले सेयर गरेकी छिन् ।प्रियंकाले निक र मालतीको एउटा तस्विर शेयर गरेकी छिन् जसमा दुबैको अनुहार देखिँदैन । तस्बिरमा निक मालतीको हात समातेर उभिन खोजिरहेका छन् ।

सबैभन्दा रोचक कुरा त यो छ कि प्रियंकाले निक र मालतीलाई मिल्दो जुत्ता उपहार दिएकी छिन् । तस्बिरमा मालतीले रातो फ्लोरल ड्रेस लगाएकी छिन् । मालतीको जुत्तामा एम लेखिएको छ भने निकको जुत्ताको एउटामा एमएम र अर्कोमा ड्याड लेखिएको छ।

सबैको नजर भने मालतीको जुत्तामा परेको छ । पोस्ट सेयर गर्दै प्रियंकाले लेखेकी छिन्, पाईलाई हाम्रो सानो नानीसँग हेर्न पाउँदा धेरै राम्रो लाग्यो। घर फर्किदा कति राम्रो दिन। म तिमीलाई माया गर्छु। आगामी दिनहरु यस्तै रहोस ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *