सन्दीपको घटनाले देव खनाललाई पनि झट्का, किन राखिए टिमबाहिर ?

समाचार

क्रिकेटर सन्दीप लामिछाने यतिबेला पुुर्पक्षका लागि केन्द्रिय का’रागार सुन्धारमा दिन कटाइरहेका छन् । उनीमाथि किशोरीले ज’बरजस्ती क’रणीको मु’द्दा दायर गरेपछि काठमाडौँ जिल्ला अदालतले निर्दोष रहेको भन्न नसकिने भन्दै थुु’नामा पठाउन आदेश दिएको हो ।

यता, सन्दीपको घटनको असर क्रिकेटर देव खनाललाई पनि पनि गहिरो गरी परेको छ । सन्दीपमाथि आरोप लगाउने किशोरीसँग देव पहिलेदेखि साथी थिए । देवमार्फत नै सन्दीप र किशोरीको चिनजान भएको हो । तर, जुन घटनामा सन्दीप मुछिए त्यसमा देवको कुनै लेनादेना छैन ।

तर, नेपालले यूएइविरुद्ध खेल्ने एकदिवसीय शृङ्खलाका लागि नयाँ कप्तानसहितको राष्ट्रिय टिम दुई दिनअघि घोषणा गर्दा घोषित १४ सदस्यीय टिममा उदीयमान युवा ब्याट्सम्यान देव खनाल अटाएनन् ।

देवले हालै सम्पन्न प्रधानमन्त्री कप एकदिवसीय क्रिकेटमा उत्कृष्ट प्रदर्शन गरेका थिए । यूएइविरु’द्धको शृङ्खलाका लागि खेलाडी छनोटको मुख्य आधार नै प्रधानमन्त्री कप थियो । तर, यसमा राम्रो प्रदर्शन गर्दागर्दै देव छनोट नहुनुलाई आश्चर्यको रूपमा हेरिएको छ ।

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशबाट खेलेका देव उच्च फर्ममा देखिएका थिए । ओपनिङ ब्याट्सम्यानका रूपमा खेलेका उनले ४ म्याचमा २४९ रन बनाए, जसमा ८३ रनको लोभलाग्दो औसत थियो । लुम्बिनी सेमिफाइनलमा नपुगे पनि सर्वाधिक रन बनाउने ब्याट्सम्यानहरूको सूचीमा उनी दीपेन्द्रसिंह ऐरी र रोहित पौडेलपछि तेस्रो स्थानमा छन् ।

क्यानका सचिव तथा प्रवक्ता प्रशान्तविक्रम मल्लले पनि घुमाउरो तरिकाले सन्दीप प्रकरणकै कारण देव खनाललाई टिममा नराखिएको संकेत गरे ।

देव खनालप्रति क्यान पूर्वाग्रही हुनुमा सन्दीप प्रकरणमा उनले मिडियालाई दिएको प्रतिक्रिया र सरकारी वकिलको कार्यालयमा दिएको बयान मुख्य कारक रहेको स्रोत बताउँछ । देवले आफू राष्ट्रिय टिममा नपर्नुको कारण थाहा नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *