शंकरलाई यस्तो भन्दै जेरिका भाइ जंगिए (भिडियो)

भिडियो

काठमाडौँ |दोहोरी गायिका भनेर चिनिले बबिता बानियाँ (जेरी) र उनका श्रीमान शंकरबीच आज सम्बन्ध विच्छेद भएको छ । जिल्ला अदालत काठमाडौंमा दुई जनाको सम्बन्ध विच्छेद भएको हो ।

उनले भनिन्, ‘श्रीमान्सँग संयुक्त हुन्छ भने राख्छु, दोस्रो व्यक्ति सासुसुरासँग राख्दिन भन्दा डिसकस सधैँ डिसकस हुन्थ्यो ।’ आफूले कमाएको पैसा श्रीमान् र श्रीमान्का परिवारले नपाएर नै आफ्नो सम्बन्ध डिभोर्सको स्थितिमा पुगेको जेरीले खुलाइन् काठमाडौँ जिल्ला अदालतमा आधिकारिक डिभोर्सको केही क्षण अगाडि एक अनलाइन टिभीसँग कुरा गर्दै उनले श्रीमान् शंकरसँग डिभोर्स गर्नुको सबै कारण समेत खोलेकी छन् ।

आफ््नो डिभोर्सको कारण श्रीमान्को चरित्रमाथि उठ्ने प्रश्न पनि एक भएको बताएकी उनले सेलिब्रेटी भएको कारणले सबैसँग बोल्नु, मिल्नु र हाँसखेल गर्नु आफ्नो बाध्यता भएको सुनाइन् ।‘मलाई चरित्रसँग जोडेर मानसिक टर्चर समेत गर्नुहुन्थ्यो । ‘काम पर्ने सबै साथीहरुसँग जोडेर झुटो आरोप लगाउनुहुन्थ्यो ’ जेरीले अगाडि थपिन् ‘त्यो किन र केका लागि मैले अहिले बुझ्दैछु ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *