नेपाली हिरो प्रदीप खड्काले भारतमा जिते डेब्यु अभिनेताको फिल्म अवार्ड

समाचार

काठमाडौं । अभिनेता प्रदीप खड्काले भारतको आग्रामा आइतबार बेलुका सम्पन्न ग्लोबल ताज अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा डेब्यु अभिनेताको अवार्ड जितेका छन् ।फेस्टिभलमा उनले ‘प्रेमगीत ३’को हिन्दी संस्करणतर्फको फिचर फिल्मतर्फ डेब्यु अभिनेताको अवार्ड जितेका हुन् ।

उत्कृष्ट फिल्म चाहिं ब्रिजेन्दर काला स्टारर हिन्दी फिल्म ‘मास्क’ बन्यो ।अवार्डकै लागि प्रदीप र प्रेमगीत ३ का निर्माताहरु यतिबेला भारतको पर्यटकीय सहर आग्रामा छन् । फेस्टिभलमा प्रदीपले अवार्ड जित्दाको क्षणका भिडियो र तस्वीरहरु सार्वजनिक भएका छन् ।

एक तस्वीरमा प्रदीप र पार्श्व गायक तरुण सागर सँगै देखिएका छन् ।स्रोतका अनुसार मुम्बईको एक प्रोजेक्टका लागि प्रदीप यतिबेला भारतमा छन् । तर उक्त फिल्म गर्नेबारे आधिकारिक पुष्टि भइसकेको छैन । प्रेमगीत ३ ले नेपाल, भारतसहित विश्वभर उछाल कमाइ गरेको थियो ।

यो पनि -नेपालको रमणीय दृश्य खिचिएको बलिउड फिल्म ‘उचाई’ले भारतीय बक्स अफिसमा गज्जबको व्यापार गरिरहेको छ । यो फिल्मलाई राजश्री प्रोडक्शनले पहिलो दिनबाट नै करिब ५ सय हलमा मात्र रिलिज गरेको थियो । पहिलो दिन करिब २ करोडको व्यापार गरेको फिल्मले दोश्रो दिन शनिबार व्यापार बढायो ।

शनिबार यो फिल्मको व्यापार ३.६४ करोड थियो ।आइतबार पनि फिल्मको व्यापार करिब ६ करोडको आसपासमा भएको भारतीय मिडियाले उल्लेख गरेका छन् ।भारतीय समीक्षकहरुले यो फिल्मले हलमा फ्यामिली दर्शक फर्काएको उल्लेख गरेका छन् ।परिवारसहित हलमा दर्शकहरु पुगेका छन् ।

फिल्मले निरन्तर व्यापारमा नयाँ नयाँ रेकर्ड कायम गरिरहेको छ । सुरज बड्जात्याको निर्देशनमा तयार भएको यो फिल्मले चार जना साथीको कथा भन्छ । फिल्ममा नेपालको सगरमाथा आधार शिविरसम्मका दृश्यलाई रोचक तरिकाले खिचिएको छ ।नेपाली दर्शकले पनि यो फिल्मलाई रुचाएका छन् ।

यसैले, आइतबार पनि फिल्मको व्यापार सुखद देखिएको छ । नेपाली फिल्मका सफल कलाकारहरु दीपाश्री निरौला, दीपकराज गिरी लगायतले पनि यो फिल्मको खुलेरै प्रशंसा गरेका छन् ।फिल्मलाई नेपालमा वितरण गरेका वितरक राजन पुरीले पनि यो फिल्मको व्यापार नेपालमा राम्रो रहेको प्रतिक्रिया दिएका छन् ।

अमिताभ बच्चन, अनुपम खेर, बोमन इरानी, डेनी, परिणिती चोपडा लगायतका कलाकारको अभिनय रहेको यो फिल्मले नेपालको पर्यटन प्रवद्र्धनमा उल्लेखनीय भूमिका खेल्ने अपेक्षा गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *