शून्य लागतमा मलेसियाको FGV कम्पनीले १६ हजार कामदार लैजाने, तलब यति धेरै दिने

समाचार

शून्य लागतमा मलेसियाको FGV कम्पनीले १६ हजार कामदार लैजाने, तलब यति धेरै दिने

मलेसियाको एफजीभी होल्डिङ कम्पनीले नेपालसहित भारत र इण्डोनेशियाबाट १६ हजार विदेशी कामदार लैजाने भएको छ ।

गत अक्टोबरदेखि शुरुवात गरी २०२३ को अन्तिमसम्ममा उक्त संख्यामा विदेशी कामदार लैजाने योजना बनाएको उक्त कम्पनीले बताएको छ ।

भर्ना गरिने सबै कामदार अन्तर्राष्ट्रिय श्रम संगठन आइएलओको गाइडलाइन्सअन्तर्गत छनोट कामदारको कुनै लागत बिना लैजाने बताएको छ ।

छनोट भएका कामदार आफ्नो मुलुक लैजान एफजीभी होल्डिङ कम्पनीले नै विमान चार्टर्ड गर्ने बताएको छ ।

उक्त कम्पनीले स्रोत मुलुकबाट कामदार लगेपछि कम्तीमा ३ महिना न्यूनतम तलव दिएर तालिम दिएपछि मात्रै काममा लगाउने बताएको छ ।

कोभिड १९ का कारण विदेशी कामदार लिने कम्पनीको योजना कार्यान्वयन नभएबाट विदेशी कामदारको अभाव चर्किएको भन्दै उक्त कम्पनीले विदेशी कामदार भर्नाको कामलाई तिव्रता दिने बताएको छ । १६ हजार विदेशी कामदार लैजाने योजना अन्तर्गत अक्टोबरमा भारत र इण्डोनेशियाबाट करिब ५ हजार कामदार लगेको बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *