तीन दिन सार्वजनिक बिदा

समाचार

काठमाडौं– निर्वाचन आयोगले छ दिनपछि यही मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभाको निर्वाचनका लागि तीन दिन सार्वजनिक बिदा दिन सरकारलाई सिफारिस गरेको छ ।

आयोगले सरकारसंग यही मंसिर २, ४ तथा मंसिर ५ मंसिर गते सोमबार सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा सार्वजनिक बिदा दिन प्रस्ताव गरेको छ । मंसिर ३ गते भने शनिबार परेको छ ।

आयोगले सार्वजनिक विदाका बारेमा केही दिनअघि नै निर्णय गरेर प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाएकोमा यसबारे मन्त्रिपरिषदले निर्णय गरिसकेको छैन ।निर्वाचन हुने दिन मंसिर ४ गते आइतबार परेको छ । त्यसैले यदि आयोगले गरेको सिफारिस मन्त्रीपरिषदबाट अनुमोदन भएमा शनिबारसहित चार दिन लामो बिदा हुनेछ ।

निर्वाचन आयोगले अधिकांश मतदानस्थलहरु विद्यालयमा राखिएकाले पनि पूर्व तयारीका लागि दुई दिनअघि नै सार्वजनिक बिदाको माग गरेको हो ।यद्यपि, सरकारले भने निर्वाचनमा कति दिन बिदा दिने भन्ने बारेमा अहिलेसम्म निर्णय गरेको छैन ।

यसअघि त्रिभुवन विश्वविद्यालयले मंसिर १ गतेदेखि देखि मंसिर ५ गतेसम्म निर्वाचनका लागि बिदा दिने निर्णय गरिसकेको छ ।यद्यपि, गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा भने सरकारले मतदानको दिन मात्र बिदा दिएको थियो ।kalakarmi

Leave a Reply

Your email address will not be published. Required fields are marked *