३४ वर्षका अनिल अमेरिकामा दुर्घटनामा परे : उपचारका लागि ठूलो खर्च लाग्ने भएपछि पत्निले गरिन् सहयोगको अपिल

समाचार

काठमाडौं । दुर्घटनामा परेर गम्भिर अवस्थामा उपचाररत ३४ वर्षका अनिल सिटौलाको परिवारले यतीबेला आर्थिक संकटको चर्को सामना गरिरहेको छ ।अमेरिकामा उपचाररत अनिल दुर्घटनामा परेपछि उनकी पत्नि पिंकी सिटौलाले आर्थिक सहयोग लिएर पतिको थप उपचार गर्न पहल गरिदिन संसारभरका नेपालीहरुमाझ अपिल गरेकी छिन् ।

पिंकीले भावुक हुँदै आफ्ना पति अनिलको उपचारका लागि सबैमाझ आग्रह गर्दै भनिन् ‘हाम्रो सानो १९ महिनाको बच्चा छ । मेरो १९ महिनाको छोराका लागि भएपछि अनिल निको हुन जरुरी छ ।’

अनिलको उपचारका लागि करिब १ करोड नेपाली रुपैयाँ आवश्यक पर्ने र उक्त रकम अझै बढ्न सक्ने अस्पतालले जनाएको पिंकीले ओएस नेपालसँगको कुराकानीका क्रममा जानकारी दिइन् ।

अस्पतालका अनुसार अनिलको समस्या नशासँग सम्बन्धित भएता पनि रोग के हो भन्ने विषयमा अहिलेसम्म यकिन भइसकेको छैन । अनिलको यो समस्याका कारण परिवार चिन्तित छ ।

परिवारका सबै सदस्यले उपचारमा पहल गरिदिन सबैलाई आग्रह गरेका छन् । अनिलको परिवरामा बुबा, आमा ३ दाजुभाई र दिदी छन् । जसमध्ये अनिल कान्छो हुन् । परिवारले सहयोग गर्न चाहनेहरुका लागि यो लिंकमा क्लिक गरेर सहयोग गनर्का लागि अपिल गरेको छ

Leave a Reply

Your email address will not be published. Required fields are marked *