दुई महिना अघि जापान गएका नुवाकोटका १८ वर्षीय प्रवीणले किन रोजे मृत्युको बाटो,परिवार भन्छ ‘छोराको अन्तिम संस्कार नेपालमै गर्ने हो ‘

समाचार

काठमाडौ । दुई महिना अघि अध्ययनका लागि जापान आएका एक नेपालीको मृत्यु भएको छ ।जापानको रयोग़ोकु स्टेशनको सुमिदामा रहेको जापानी भाषा कलेजमा जापानी भाषा अध्ययनका लागि आएका नेपालको नुवाकोट स्थायी घर रहेका १८ वर्षीय प्रवीण नेपालको बिहिवार मृत्यु भएको हो ।मृतक नेपालको के कसरी मृत्यु भएको हो भन्ने स्पष्ट जानकारी नगराइएपनि उनले आफ़नो मृत्युलाई आफैले रोजेको हुनसक्ने उनीसंगै बस्ने छात्रावासका साथीहरूको भनाइ छ ।

मंगलबारसम्म विद्यालयमा नियमित अध्ययनका लागि गैरहेका उनी बिरामी भएको जानकारी गराइ सो दिनदेखि विद्यालय नआएको र उनी निकटका साथीलाई विद्यालयले कोठामा हेर्न लगाउदा कोठा नखुलेपछि विद्यालयबाट आइ कोठामा हेर्दा मृत फेला गरेको बताइएको छ ।नेपालमा मृतकको परिवारलाई कन्सल्टेन्सिमार्फत उनको मृत्युको बारेमा जानकारी गराइएको विद्यालय स्रोतले जानकारी दिएको छ । शवलाई आवश्यक अनुसन्धानका लागि प्रहरीले नियन्त्रणमा लिएको र पोस्टमार्टमको लागि अस्पतालमा राखिएको बताइएको छ ।नेपाल समचारपत्रमा खबर छ ।

पारिवारिक स्रोतले शवलाई नेपालमै अन्तिम संस्कार गर्न चाहेकोले सरोकारवाला निकायसँग समन्वय भइरहेको बताइएको छ ।मृतक नेपाल १८ वर्ष पुरा नभएकोले जापान आएदेखि कामपनि नगरेको उनका साथीले बताए । उनले आफ्नो फेसबुकमा रहेका सबै जानकारी स्टाटस तस्बिरलाई समेत मेटाएका छन् ।उनी निकटका साथीको भनाइ अनुसार आर्थिक रूपमा पारिवारिक अवस्था पनि राम्रो रहेको थियो । के कति कारणले नेपालले मृत्युको बाटो रोजे भन्नेबारेमा यकिन केही भन्न सकिने अवस्था नरहेको देखिएको छ । उनी अन्तरमुखी स्वभावका रहेको साथीहरू बताउँछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *