श्रीमान र सौतासँग कोटेश्वरमा रंगेहात पक्राउ परेपछि रामधूलाई

समाचार

काठमाडौं । ३ महिनादेखि फरार व्यक्ति एक महिलासँग रंगेहात फेला परेका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकाबाट फरार व्यक्ति रंगेहात प्रकाउ परेका हुन् ।

गत भदौ ४ गतेबाट फरार भएका श्रीमानलाई महिलाले अर्कै महिलासँग फेला पारेकी हुन् । अनुपकुमार राईलाई उनकी श्रीमती बिना कुमारी राईले सौतासँग बसिरहेको अवस्थामा रंगेहात फेला पारेकी हुन् ।

अनुपकुमार कौशिला राजवंशीसँग भेटिएका हुन् । उनी चालकको काम गर्दै आएका छन् । उनले पटकपटक बिना कुमारीसँग धेरै पैसा कमाउने महिलासँग बिवाह गर्छु भन्दै आएका थिए ।

त्यसपछि अनुपले अस्पतालमा सरसफाईको काम गर्दै आएकी कौशिलालाई लिएर फरार भएका थिए । खोज्दै जाँदा अनुपकुमार कौशिलासँग भेटिएका हुन् । यसबीच काठमाडौं, कोटेश्वरको एक कोठामा फेला दुवैलाई रंगेहात फेला पारिएको हो ।

बिनाले धेरै ठाउँ खोज्दा पनि श्रीमानलाई फेला पार्न सकेकी थिइनन् । तर सञ्चारमाध्यमको सहयोगमा फेला पार्न सफल भइन् । अनुपकुमारले अर्को बिहे गरेको भने पनि बिना कान्छीलाई स्विकार गर्न तयार छैनन् । प्रहरीले पनि यसबारे अनुसन्धान गरिरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *