सन्दीप लामिछानेको बैंक खाता हेर्दा सरकारी वकिल जिल्ल !

समाचार

काठमाडौं : क्रिकेटर सन्दीप लामिछाने बालिका बलात्कारको आरोपमा पक्राउ परेपछि सामाजिक सञ्जालमा दुई खालका प्रतिक्रिया आईरहेका छन्। कसैले सन्दीपलाई गलत भनिरहेका छन् भने कतिपयले आरोप लगाउने किशोरीलाई नै गलत भएको ब्याख्या गरिरहेका छन्।

किशोरीलाई गलत देख्नेहरुले ति किशोरीले सन्दीपको सम्पत्ति देखेर षडयन्त्र गरेको वनाउने गरेका छन् । तर, सन्दीपको बैंक खातामा भने जम्मा ६५ हजार रुपैयाँ मात्र फेला परेको छ। काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयले एनआईसी एसिया बैंकको खातामा रहेको उक्त रकम रोक्का गर्न माग गरेको छ।

लामिछाने विरुद्ध मुद्दा दर्ता गर्ने क्रममा उनको खातामा रहेको नगद तथा चितवन– ७ कल्याणपुरमा रहेको जग्गा पनि रोक्का गर्न माग गरिएको हो।जिल्ला सरकारी वकिल कार्यालयका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार सन्दीपको बैंक खातामा ६५ हजार २ सय ९८ रुपैयाँ छ।

लामिछानेविरुद्ध जिल्ला अदालतमा १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता भएको छ। क्षतिपूर्ति प्रयोजनका लागि लामिछानेको चलअचल सम्पत्ति रोक्का गर्न माग गरिएको हो। सरकारी वकिलको कार्यालयले संवेदनशील प्रकृतिको मुद्दा भएकाले बन्द इजलासमा राखेर गोपनीयता कायम गर्दै निरन्तर सुनुवाइ गर्न पनि इजलाससमक्ष माग गरेको छ।

सन्दीप असोज २० देखि प्रहरी हिरासतमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *