पहिले प्रेम विवाह गरे : गर्भवतीपछि सँगै बस्न इन्कार, झुक्याएर जंगलमा लगेर मार्ने प्रयास

समाचार

काठमाडौं । प्रेम विवाह असफल किन हुन्छन् ? विवाह भएको केही समयपछि नै किन तनाव सुरु हुन्छ । एउटा घटना यस्तै भएको छ । पहिले प्रेम, त्यसपछि विवाह भयो । विवाह भएको केही समयपछि गर्भवती भइन् ।

गर्भवती भएको थाहा पाएको दिनदेखि सँगै बस्न पुरुषले अस्वीकार गर्न थाले । त्यही क्रममा श्रीमानले आफन्तसहित उनलाई मार्ने नियतले जंगलमा लगेको आरोप लाथेको छ । पारिवारीक भ्रमण भन्दै जंगल लगियो । त्यहाँ उनलाई मार्ने योजना थियो । यो थाहा पाएपछि उनले गुडिरहेको कारबाट हाम फालेर ज्यान बचाइन् । पीडितको उजुरीका आधारमा प्रहरीले मुद्दा दर्ता गरेको छ ।

प्रहरीका अनुसार ट्रान्जिट क्याम्प जगतपुरा वडा नम्बर ६ निवासी सञ्जय सिंह बिष्टले आफ्नै श्रीमतीको हत्याको योजना बनाएको खुल्न आएको हो । त्यसमा बाबु मोहन सिंह सहितका परिवारका केही सदस्यको सम्लग्नता थियो ।

एक वर्षअघि सञ्जय सिंहले युवतीलाई मन्दिरमा विवाह गरेका थिए । अहिले उनी ९ महिनाकी गर्भवती छिन् । गर्भवती भएदेखि नै सञ्जय सिंहले उनलाई आफूसँग राख्न अस्वीकार गर्न थाले ।

उनलाई हिंसा र पीडा दिन थाले । युवतीलाई मार्ने नियतले केही दिनअघि सञ्जय सिंह, उनका भाइ दिपु विष्ट र आमाले गाडीमा राखेर जंगलतर्फ लगेको आरोप छ । शंका लागेपछि उनले कारबाट हाम फालेर ज्यान बचाइन् ।

उनले दोषीमाथि कारबाही गर्न प्रहरीसँग माग गरेकी छिन् । पीडितको उजुरीका आधारमा मुद्दा दर्ता गरिएको प्रहरी थाना ट्रान्जिट क्याम्प सुन्दरम शर्माले बताए । अनुसन्धान भइरहेको छ, त्यसपछि दोषीमाथि कारबाही हुनेछ उनले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *