धरान / करुवाले हानेर श्रिमतीको हत्या गर्ने श्रीमान पक्राउ परेका छन्। पक्राउ पर्नेमा झापा बुद्धशान्ति गाउॅपालिका वडा न.-१ बुधबारेमा बस्ने ३२ बर्षिय रघु नाथ गोरड रहेको जिल्ला प्रहरि कार्यालय झापाका डिएसपि बसन्त पाठकले पूर्वेलि न्युजलाई जानकारि दिए।
रघुनाथले २४ गते बिहानको उनकै श्रीमती २६ वर्षकि सपना गोरडलाई करुवा प्रहार गरि हत्या गरेको पाठकले बताए। भारत महाराष्ट्र गुरेली ग्राम पंचायत घर भई हाल झापाको बुद्धशान्ति १ बुधबारे बजार स्थित घर डेरा लिई सुन पसल संचालन गरि बस्दै आएका थिए।
डिएसपि पाठकका अनुसार रघुले सामान्य बादविवाद हुँदा पानि खाने करुवाले सपनाको टाउकोमा प्रहार गर्दा सपनाको घट्ना स्थलमै मृत्यू भएको हो। करुवा प्रहार गर्ने रघुनाथलाई कर्तव्य ज्यान मार्ने मुद्दामा म्याद थप गरि थप अनुसन्धान भइरहेको प्रहरिले जनाएको छ ।