कविता नेपालीको यो भिडियो, जसलाई १ करोड ८८ लाख पटक हेरियो, के खास यो भिडियोमा ?

समाज

काठमाडैँ । डान्स रियालिटि शो बुगिवुगिबाट चर्चा कमाएकी मोडल तथा डान्सर कविता नेपालीको एउटा भिडियषे अहिले निकै भाइरल बनेको छ । कविाको ‘बातो ने तेरी जादु किया’ बोलको गीत अहिले टिकटकमा निकै चर्चामा छ ।

कविताको ट्रेड मिलमा देखाएको १५ सेकेन्डको स्टेप नै अहिले टिकटकमा भाइरल बनिरहेको छ ।कविताले बनाएको बलिउड गीत ‘बातो ने तेरी जादु किया’ को भिडियोलाई १२ लाख बढीले लाइक गरेका छन् । १५ हजार कमेन्ट आएको भिडियोलाई १ करोड ८८ लाख पटक हेरिएको छ ।

उसो त, कविताको अन्य भिडियोमा पनि भ्यूज १० लाख भन्दा माथि छ । उनको टिकटक फलोअर्स भने करिब ५ लाख छन् ।कविता एपिवान टेलिभिजनले नेपाल भित्र्याएको डान्स रियालिटि शो बुगिवुगिमा सहभागी भइ बिजेता बनेसँगै निरन्तर चर्चामा छिन् ।

उक्त रियालिटी शो को उपाधि चुमिसकेपछि उनको मोडलिङ यात्रा सुरु भएको हो । त्यसभन्दा पहिले साधारण कभर भिडियोहरुमा डान्स गर्दै आइरहेकी कविताको चाहाना भने नेपाल प्रहरी बन्ने रहेको बताउँछिन् ।पछिल्लो समय लोकदोहोरी, आधुनिक, लगायक थुप्रै गीतहरुमा मोडलिङ गरिसकेकी कविता सामाजिक संजालमा सक्रिय बन्न रुचाउने कलाकार पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *