विश्वकप फुटबल नजिकिएसँगै ग्राहकले धमाधम टिभी खरिद गर्दै

रोचक

काठमाडौँ : विश्वकप फुटबल नजिकिएसँगै यूएचडी (फोरके) टेलिभिजन सेटको व्यापार बढ्न थालेको छ। मंसिर ४ देखि कतारमा हुँदै गरेको विश्वकपको मज्जा लिन ग्राहकले धमाधम टिभी खरिद गर्न थालेका हुन्। खासगरी ५० इन्चमाथिका फोरके टेलिभिजनको बिक्री बढेको व्यवसायीहरुले बताएका छन्।

नेपालमा सीजी, एलजी, सामसङ, सोनी, टीसीएल, यासुदा, स्काईवर्थलगायतका ब्रान्डको उपस्थिति छ। सामान्य अवस्थामा ३२ र ४३ इन्चका टेलिभिजनको बिक्री बढ्ने गरेकोमा विश्वकप फुटबलमा ठूला स्क्रिनका टेलिभिजनका माग भएको टेलिभिजन बिक्रेता बताउँछन्।

सामसङ टिभीका सेल्स हेड आलोक गुप्ताले हरेक ४ वर्षमा हुने विश्वकपका बेला टेलिभिजनको व्यापार सामान्य अवस्थाभन्दा ५० प्रतिशतले बढ्ने गरेको बताए। त्यसो त बजारमा टेलिभिजन बिक्रीको ट्रेन्ड परिवर्तन हुँदै गएको देखिएको छ। सन् २०१८ को विश्वकप अघिसम्म एलसीडी टेलिभिजन चलिरहेका थिए।

विश्वकपको समयमा एलईडी टेलिभिजनतर्फ ग्राहकको आकर्षण बढ्यो। पछिल्लो ४ वर्षमा ग्राहकहरु एलईडीबाट पनि स्मार्ट टेलिभिजनतर्फ आकर्षित भएका छन्। २०२२ को विश्वकप स्मार्ट टिभीसँगै यूएचडीतर्फ जाँदै छका टिभीको बिक्री बढ्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *