भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय !

समाचार

प्रदेश १ मा भोलि बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको छ । प्रदेश १ का वन, वातावरण तथा भूससंरक्षण मन्त्री शेखरचन्द्र थापाको नि’धनको शो’कमा भोलि सार्वजनिक बिदा दिइएको हो ।

मन्त्री थापाको शोकमा प्रदेश सरकारका सबै सरकारी कार्यालय, सार्वजनिक संघ संस्थाहरुमा बिहीबार सार्वजनिक बिदा दिने निर्णय भएको आन्तरिक मामिला तथा कानून मन्त्रालयका निमित्त प्रदेश सचिव अर्जुन निरोलाले बताए ।उनका अनुसार भोलि राष्ट्रिय झण्डा झुकाउने निर्णय पनि भएको छ। उनी कांग्रेसका प्रदेश सभाका उम्मेदवार पनि थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *