चुनाव प्रचारमा हिँडेका विरोध खतिवडा कुटिए, हातपात गर्ने व्यक्ति को हुन् ?

समाचार

काठमाडौं । उम्मेदवार कुटिएका छन् । मकवानपुर–२ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार विरोध खतिवडामाथि कुटपिट भएको हो ।

मकवानपुरको मनहरी गाउँपालिका–४ मसिनेमा नी कुटिएका छन् । चुनावी सभामा जाने क्रममा एकीकृत समाजवादीका नेता खतिवडामाथि कुटपिट भएको जानकारी गराइएको छ ।

सभास्थलमा आइपुगेका खतिवडालाई गाडीबाट ओर्लनेबित्तिकै हातपात गरिएको हो । हेटौंडा उपमहानगरपालिका–२ का अन्दाजी ५५ बर्षीय पुरुषोत्तम खड्काले हातपात गरेको खुलेको छ ।

खड्कालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ । प्रारम्भिक अनुसन्धानमा खड्काले मादक पदार्थ सेवन गरेर पुरानो रिसइबी साध्न खतिवडामाथि जाइलागेको खुलेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *