छोरीलाई जन्म दिएपछि चम्कियो प्रियंका कार्कीको भाग्य

मनोरंजन

काठमाडौं : गत वर्ष आमा बनेकी अभिनेत्री प्रियंका कार्की फेरि अभिनयमा नायिकाको रुपमा फर्किएकी छिन् । उनले नयाँ चलचित्र ‘चि मुसी चिस् इभन डेड डिजायर बिलङ्गिङ’ मा मृख्य भूमिका निर्वाह गरेकी छिन् । तीन महिना अघि चलचित्र राधामा अतिथि भूमिकामा प्रस्तुत भएकी यी अभिनेत्रीले अर्को चलचित्र फुलवारीमा पनि नायिकाकै रुपमा काम गरेकी छिन् ।

यता उनले यो नयाँ चलचित्रमा पनि नायिकाको रुपमा आफुलाई उतारेकी छिन् ।अब चलचित्र ‘चि मुसी चिस् इभन डेड डिजायर बिलङ्गिङ’ दर्शकमाझ आउने भएको छ । यो चलचित्रको प्रदर्शन मिति घोषणा गरिएको छ । निर्माण टिमका अनुसार सिनेमा आगामी १५ पौषबाट मुलुकका फिल्म हलमा रिलिज हुने भएको छ ।

यो चलचित्रमा प्रियंकासँगै, ऋचा शर्मा, बेनिशा हमाल पनि मुख्य भूमिकामा छन् । फिल्ममा तीन अभिनेत्रीबीचको प्रतिस्पर्धा निकै रोचक हुने निर्माण पक्षको कथन छ । फिल्मको अन्य कलाकारमा आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टलगायत छन् ।

एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा निर्माण भएको यो चलचित्रले नेपालमा हरर तथा थ्रिलर जनराको ट्रेण्ड स्थापित गर्ने निर्माता अरुण चक्रावर्तीको दाबी रहेको छ ।यो चलचित्र रिञ्जु केसीसँग मिलेर अरुण चक्रावर्तीले निर्माण गरेका हुन् । सिनेमाको निर्देशन मर्ण जेम्स र यश सैनीले संयुक्त रुपमा गरेका छन् । यो चलचित्र नेपाली र बलिउड प्राविधिकको समिश्रणमा निर्माण भएकाले पनि केही फरक र नयाँपन दर्शकले महसुस गर्न पाउने निर्देशक दयले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *