प्रकाशलाई आ त्म’त्या बाट बचाउने भुमिका गिरीले लेखिन् यस्तो स्टाटस्

समाचार

काठमाडौं । गायक प्रकाश दूतराजले अष्ट्रेलियामा आ’त्म’त्या प्रयास गरेकोसम्बन्धी घटना अन्योलपूर्ण देखिएको छ । उक्त घटनाको विवरण बाहिर ल्याएकी गायिका भूमिका गिरी आफैँले अहिले समाचार खण्डन गरेकी छन् ।

अष्ट्रेलियामा रहेका गायक दूतराजले आइतबार राति आफू बसेको फ्ल्याटमा आ’त्मह’त्या गर्न खोजेको समाचार मिडियामा प्रकाशित भएको थियो । उक्त समाचारका विषयमा गायक दूतराजले आज सामाजिक सञ्जालमार्फत प्रतिक्रिया व्यक्त गरेका छन् । उनले ठाडै समाचारको खण्डन नगरी आफूबारे ‘गलत बुझाइ भएको’ प्रष्टीकरण दिएका छन् ।

‘म केही छिन हराउनु म मर्नु होइन नि,’ दूतराजले फेसबुकमा लेखेका छन्, ‘गलत बुझाई तथा सूचनाको आधारमा प्रकाशित समाचारहरूले मलाई माया गर्नुहुने सदा आशीर्वाद दिनुहुने हजुरहरू सबैमा पर्न गएको असरप्रति क्षमा माग्छु ।’

दूतराजले आफू कहिले बन्द कोटाभित्र घण्टौँसम्म थुनिएर बस्ने स्वभाव वा रोग रहेको पनि उल्लेख गरेका छन् । यही कारण आफूले आफैँलाई दुखी बनाएको उनको अनुभूति छ ।

गायिका गिरिले पनि स्टाटसमार्फत घटना ‘सामान्य’ भएको बताएकी छन् । समाचारमा आएका सबै कुरा वास्तविक नभएको उनको भनाइ छ ।

हेर्नुस् स्टाटस : केहि समय अघि देखि तिव्र रुपमा प्रकाशनमा आएका न्युजहरुको हेडलाईन हरु हेरे अनि पढे ।

सामान्य कुरा थियो ।

तर जसरी खबरहरुको माध्यम बाट जुन कुराहरु फैलाईएको छ,ति सबै वास्तविक होईनन् ।

यस खालका समाचारहरु कै कारण स्वयं प्रकाश दुतराज भाई, परिवार, साथि-भाई, आफन्त अनि माया गर्नु हुने दर्शक स्रोताहरु मा नकारात्मक प्रभाव पर्न सक्छ ।

प्रकाश भाई, Organizer Team ,म हामी सबै सँगै अष्ट्रेलियाको विभिन्न शहरहरुमा हुँदै गरेको कार्यक्रमहरुको तयारी गरिरहेका छौं ।

मलाई धेरै फोन म्यासेजहरु आएको कारण हजुरहरु सबै सबैलाई जानकारी गराउँदै छु धन्यवाद ।

He Is Fine.

Leave a Reply

Your email address will not be published. Required fields are marked *