आ त्म त्या प्रयासबारे दूतराजले खोले मुख, भन्छन् – केही छिन हराउनु मर्नु हैन नि

समाचार

काठमाडौं । गायक प्रकाश दूतराजले अस्ट्रेलियामा आ त्म त्याको प्रयास गरेको बारे सार्वजनिक भएका समाचारलाई अस्वीकार गरेका छन् ।

सोमबार राति सामाजिक सञ्जालमा लेख्दै उनले आत्महत्या प्रयास गरेको घटनामा सत्यता नभएको स्पष्ट पारेका हुन् । कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु उनले भने,

हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । यसलाई रोग भनु या मेरो विशेषता ।

आत्महत्या प्रयासको समाचार सार्वजनिक भएपछि आमाले फोन गरेको स्मरण गर्दै उनले आफूलाई माया गर्ने तमाम सुभेक्षुक र आफन्तको मायालाई लत्याएर आफूले त्यस्तो निर्णय लिन नसक्ने प्रस्ट पारेका छन् ।

उनले लेखेका छन् – ‘धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । “म केहि छिन हराउँनु म मर्नु हैन नि !’

गलत बुझाई तथा सुचनाको आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्ने सदा आशीर्वाद दिने सबै सबैमा पर्न गएको असर प्रति उनले क्षमासमेत मागेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *