सागर ढकालले प्रचार गर्न रोक लागाएको बताएपछी जिल्ल्ला प्रसासन डडेल्धुराले भर्खरै जारि गर्यो यस्तो बिज्ञप्ति

समाचार

डडेल्धुराका स्वतन्त्र उम्मेदवार सागर ढकालले निर्वाचनमा प्रचारप्रसारमा रोक लगाएको आरोप लगाएका छन्। उनले उनले सामाजिक सञ्जालमार्फत डडेल्धुरामा शेरबहादुर देउवाको कार्यक्रममा खुलमखुला नगरप्रमुख, वडाध्यक्षहरू नै गएर निर्वाचन आचारसंहिता मिचेको बताउँदै आफूलाई भने रोक लगाइएको आरोप लगाएका छन्।

‘मलाई जोगाइदिनुस्,’ भन्दै उनले फेसबुकमा लेखेका छन्, ‘अब जनता गुहार्नुबाहेक केही बाँकी रहेन। सबै प्रशासन शेरबहादुरको मुनि छ। कुरा गर्नु–नगर्नु बेकार छ। डडेल्धुरामा मलाई प्रचारप्रसारमा रोक लगाइएको छ। शेरबहादुरले खुलमखुला नियम–कानुन उल्लङ्घन गर्दा पनि आँखा बन्द गरेको प्रशासन मैले हर्क साम्पाङले जस्तोगरी माइकिङ गर्न पनि दिएको छैन। मलाइ रोकेको छ।’

ढकालले कांग्रेसले झण्डा र माइकिङ गरिरहेको तर यति हुँदा पनि निर्वाचन आयोगले आँखा चिम्लेको आरोप लगाएका छन्। ‘जनप्रतिनिधिहरू नै दलको कार्यक्रममा गएर निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन्,’ उनले नेपाल लाइभसँग कुरा गर्दै भने ‘४७ वडा गाडी एउटै कार्यक्रममा प्रयोग गरिएको छ। यो निर्वाचन आचारसंहिता उल्लंघन भएन र?’

प्रधानमन्त्री देउवाले हेलिकोप्टर उडाउँदासमेत निर्वाचन आयोगले रोक नलगाएको ढकालको आरोप छ।‘शेरबहादुरले कान फुट्नेगरी हेलिकप्टर चलाउँदा केही भएन। मलाई माइकिङ गर्न रोक लगाउनु गलत हो,’ उनले थपे। यता, जिल्ला प्रसासन कार्यलय डडेल्धुराले भने विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित प्रहरी प्रशासनद्वारा प्रचार प्रसारमा रोक भन्ने समाचार प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एक ब्यग्यप्ति जारि जिल्ला प्रसासन कार्यलय डडेल्धुराले भनेको छ – आज मिति २०७९।०७।२१ गते विभिन्न सञ्चार माध्यमहरुमा प्रकाशित प्रहरी प्रशासनद्वारा प्रचार प्रसारमा रोक भन्ने समाचार प्रति जिल्ला प्रशासन कार्यालय डडेल्धुराको गम्भीर ध्यानाकर्षण भएको छ ।

आगामी २०७९ मंसिर ४ गते सम्पन्न हुन गईरहेको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको सन्दर्भमा निर्वाचन आयोग नेपालले जारी गरेको निर्वाचन आचार संहिताको पूर्ण पालना हुने गरी गरिने राजनीतिक दल र उम्मेदवारहरुको प्रचार प्रसार कार्यमा स्थानीय प्रहरी प्रशासनद्वारा कुनै पनि प्रकारको अवरोध नगरिएको र रोक नलगाईएको व्यहोरा सबैलाई जानकारी गराईन्छ ।

निर्वाचन आचार संहितामा व्यवस्था भए वमोजिम प्रचार प्रसारको क्रममा स्थानीय प्रशासनलाई जानकारी गराई संचालन गरिने प्रचार प्रसारका कार्यक्रमहरुमा संलग्न सम्पूर्ण राजनीतिक दल र उम्मेदवारहरुको आवश्यक सुरक्षाको प्रत्याभूति गरिने व्यहोरा समेत सम्बन्धित सबैलाई जानकारी गराईन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *