काठमाडौँ – काठमाण्डौं जिल्ला अदालतले क्रिकेटरद्वय देव खनाल र शाहब आलम लगायत सन्दीप लामिछाने मुद्दामा अनुसन्धानमा बुझिएका मानिहरुलाई बकपत्र गराई इजलास समक्ष पेश गर्न नेपाल प्रहरीलाई आदेश दिएको छ ।
माननिय न्यायाधिश माधवप्रसाद घिमिरेको बन्द इजलासले कार्तिक १८ गते गरेको आदेशमा मंसिर ७ गते क्रिकेटरद्वय देव खनाल र शाहब आलम लगायत सन्दीप लामिछाने मुद्दामा अनुसन्धानमा बुझिएका मानिहरुलाई बकपत्र गराई सरकारी वकिल कार्यालय, काठमाण्डौं मार्फत इजलासमा उपस्थित गराउन नेपाल प्रहरीलाई आदेश दिएको हो ।
अनुसन्धानका क्रममा गौशला प्रहरी वृत्तले खनाल र आलमलाई पनि सोधपुछ र बुझ्नका निम्ति बोलाएको थियो । अदालतले जाहेरीवाला, पिडित, बुझिएका मानिसहरु र पिडितको स्वास्थ्य परिक्षण गर्ने चिकित्सक समेतको बकपत्र गराउन र सो दिन इजलास समक्ष पेश गर्न आदेशपत्रमा उल्लेख छ ।
यसैगरी अदालतले दिएको आदेश पत्रमा सन्दीप लामिछानेले बयान साथ पेश गरेको पिडितको जन्मदर्ताको अभिलेख किताब सहितको सक्कल प्रति सम्बन्धित कार्यालयबाट झिकाउन भनि उल्लेख गरेको छ ।
यसबाहेक सोही दिन न्यायाधिश घिमिरेको बन्द इजलासले जारी गरेको आदेशमा पिडितको नागरिकता प्रमाणपत्र बनाउँदा भरिएको अनुसूची फारमसहतिको प्रतिलिपी सम्बिन्धत कार्यालबाट झिकाउन आदेश गरेको छ ।
१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई शुक्रबार कार्तिक १७ गते पुर्पक्षको लागि थुनामा पठाउन काठमाडौं जिल्ला अदालतले आदेश दिएको थियो ।
सन्दीपका वकिलहरुले उनी मुमाथि लगाइएको आरोप पुष्टि नहुन्जेल धरौटीमा रिहा गर्नुपर्ने माँग राखेका थिए । तर न्यायाधिश धिमिरेको इजलाशले सन्दीपलाई थुनामा राखि पुर्पक्ष गर्न आदेश दिएको छ । लामिछानेलाई अदालते पुर्पक्षका लागि थुनामा राख्ने आदेशसँगै उनी गौशला प्रहरी वृत्तको हिरासतबाट केन्द्रिय कारागारमा स्थानान्तरण भएका छन् ।