किशोरीमाथि बलात्कार गरेको प्रकरणमा काठमाडौं जिल्ला अदालतले शुक्रबार क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पपक्षका लागि थुनामा पठाएको छ । सन्दीपको जेलयात्रा अब अदालतबाट आउने आगामी फैसलामा भर पर्नेछ ।
सन्दीप प्रकरणमा उनीपक्षीय वकिलहरूले पीडित भनिएकी किशोरीको उमेरबारे बढी जोड गरेका छन् । किशोरी १८ वर्ष पार भइसकेको र उनले जन्मदर्ता सच्याएर घटनापछि नागरिकता बनाएको उनीहरूको तर्क छ ।
जसलाई उनीहरूले सन्दीपको प्रतिरक्षा निम्ति बलियो हतियारका रूपमा प्रयोग गरिरहेका छन् । उनीहरूले यसबारे दाबी मात्रै गरेका छैनन्, प्रमाणसमेत नत्थी गरेर अदालतमा बुझाएका छन् ।