रुपन्देहीको देवदहमा एक दम्पती मृ’त फेला परेका छन्। देवदह नगरपालिका वडा नं. ५ पाल्पाली टोलमा बसोबास गर्दै आएका ३६ वर्षिय बालेन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षिय हेमकला जोल्मी मगर आफ्नै घरमा सोमबार बिहान मृ’त भेटिएका हुन्।
आफ्नै पक्की घरको कोठामा ढोकाको भित्रबाट चुकुल लागेको अवस्थामा उनिहरुको श’व फेला परेको प्रहरीले जनाएको छ। देवदह प्रहरी चौकी प्रमुख प्रहरी निरिक्षक गंगा बहादुर सारुले हेमकला भुईमा पल्टिएको र बालेन्द्र घाँटीमा सल बेरेर पंखामा झु’ ण्डि एको अवस्थामा फेला परेको जानकारी दिए।
यद्दपी प्रहरीले घटनाबारे ईलाका प्रहरी कार्यालय बुटवलमा जानकारी गराएको र बुटवलको प्रहरी टोली घटनास्थल पुगेपछि मात्र ढोका खोलेर घटनाको अनुसन्धान शुरु गर्ने जनाएको छ। घटनाको प्रकृति हेर्दा श्रीमानले श्रीमतिको ह’ त्या गरि आफुले आ’ त्म ह’ त्या गरेको देखिने प्रहरीले जनाएको छ।
‘कोठाको भित्रबाट चुकुल लगाएको छ, घटनाको प्रकृति हेर्दा हत्यापछि आ’ त्म ह’ त्या गरेको जस्तो देखिन्छ, तर अनुसन्धान नगरि यहि हो भन्न सकिदैन।’ सारुले भने। बैदेशिक रोजगारीमा रहेका बालेन्द्र चारदिन अघि मात्रै घर फर्किएका थिए। आइतबार साँझसम्म पारिवारिक कलह, झै’झगडा केहि थाहा नभएको स्थानीयले बताएका छन्।
बालेन्द्र र हेमकलाका ८ बर्षिय छोरा आईतबार राती आफन्तको घरमा सुत्न गएको र बिहान घर आउँदा ढोका लागेको देखेर झ्याबाट हेर्दा आमा भुईमा पल्टिएको र बुवा झु’ ण्डि’एको देखेपछि छिमेकीलाई खबर गरेका थिए।