भोलि मंगलबार सार्वजनिक बिदा

समाचार

धरान उपमहानगरपालिकाले कात्तिक २२ गते मंगलबार सार्वजनिक बिदा दिएको छ। कात्तिके पूर्णिमा (बराहक्षेत्र मेला) का अवसरमा उपमहानगरपालिकाले सार्वजनिक बिदा दिएको हो। प्रशासकीय अधिकृत गणेशप्रसाद खतिवडाले आज विज्ञप्ति निकालेर उपमहानगरपालिकाभर मंगलबार सार्वजनिक बिदा दिइएको उल्लेख गरेका छन्।

त्यसैगरी, साल्पा–सिलिचुङ सांस्कृतिक र प्राकृतिक सुन्दरताको दृष्टिले अत्यन्तै महत्त्वपूर्ण क्षेत्र हो । भोजपुर जिल्लाको साल्पासिलिछो गाउँपालिका वडा न. ५ रहेको साल्पा पोखरी र सिलिचुङ भोजपुरको सबैभन्दा अग्लो चुचुरो हो । साल्पापोखरी सिलिचुङको बेस क्याम्प हो । साल्पापोखरी समुद्र सतहदेखि ३ हजार ६ सय ७२ मिटर उचाइमा रहेको छ । भने सिलिचुङ ४ हजार १ सय ५३ मिटरको उचाइमा अवस्थित छ ।

यस क्षेत्र भोजपुर, सङ्खुवासभा, सोलुखुम्बु र खोटाङ जिल्लाको सँगमस्थल प्राकृतिक सौन्दर्यले भरिपूर्ण स्थलको रूपमा परिचित छ । सिलिचुङ चुचुरो भोजपुर र सङ्खुवासभा जिल्लाको सिमाना अवस्थित छ । जहाँबाट उत्तरतर्फ मकालु हिमाल, विश्वको सर्वोच्च शिखर सगरमाथा हिमाल आँखैमा टाँसिन्छ ।

यस्तै दुधकोसी, ल्होत्से, कञ्चनजंघा, कुम्भकर्ण, मेरापिक लगायत हिमशृङ्खला सजिलै देख्न सकिन्छ । दक्षिणतर्फ साल्पापोखरी र सोलुखुम्बु, सङ्खुवासभा, भोजपुरका गाउँघरहरू छाङै देखिन्छन् । भोजपुर र सखुवासभा भई बहने नेपालको कै ठुलो अरुण नदीले बनाएको उपत्यका तथा फाँटहरू लमतन्न परेका देख्न सकिन्छ । यसै गरी मकालुबरुण राष्ट्रिय निकुञ्जलाई सहजै निहाल्न सकिन्छ ।

सिलिचुङमा सूर्योदय र सूर्यास्तको मनोरम दृश्यावलोकन गर्न सकिन्छ । सूर्योदयको समयमा अरुण उपत्यका क्षेत्रमा कुहिरोको मनमोहक दृश्य देख्न सकिन्छ । यस समयमा सिलिचुङ क्षेत्र खुल्ला, सफा हुन्छ भने अरुण उपत्यका क्षेत्र कुहिरोले ढाकिएको हुन्छ । सूर्योदयसँगै बिस्तारै हराउँदै गएको दृश्यहरू देखिन्छ । दिनमा सिलिचुङ चुचुरोको छाया साल्पापोखरीमा देख्न सकिन्छ । यस क्षेत्रको यात्रामा सयौँ प्रकार फूल तथा चराचुरुङ्गी देख्न सकिन्छ । भने विभिन्न रङका राष्ट्रिय फूल गुराँसले बाटोहरू ढपक्कै ढाँकेको हुन्छ ।

साल्पा–सिलिचुङ क्षेत्र प्राकृतिक रूपमा जति सुन्दर छ । त्यो भन्दा कैयौँ गुणा सांस्कृतिक रूपमा महत्त्वपूर्ण छ । साल्पा पोखरीलाई किरात, हिन्दु, बौद्धमार्गीहरुले साझा तीर्थस्थलका रूपमा मानिन्छ । जहाँ भदौरे पूर्णिमा, कात्तिके पूर्णिमा र वैशाखे पूर्णिमामा मेला लाग्छ । यस समयमा धामी झाँक्रीको बाक्लो चहलपहल हुन्छ । विशेष गरी धामीझाँक्रीहरु आफ्नो शक्ति र ज्ञान आर्जन गर्न आउने गर्छन् । साल्पापोखरीको दर्शनले ज्ञान आर्जन हुने विश्वास गरिन्छ ।

यस क्षेत्रमा किरातीको सृष्टिदेखि, सभ्यता, बसाइसराइ गर्दाका समस्या र जन्मदेखि मृत्युसम्मका संस्कार र परम्पराको वर्णन पाइन्छ । यस्तै तीर्थालुहरू आफ्नो मनोकामना पुरा गर्न आउने गर्छन् । पोखरीमा तिर्थालुहरू नुहाउने गर्छन् । पूजा अर्चना गर्छन् । साल्पापोखरीमा आफ्नो भाकल पुरा गर्न विशेष गरी परेवा उडाउने चलन छ । यी चार जिल्लामा साल्पापोखरीको दर्शनले आफ्नो मनोकामनाहरू पुरा हुने विश्वास समेत गर्छन् । र समाजमा पुरा भएको थुप्रै उदाहरणहरू रहेको समेत बताउँछन् ।

मेलाको समयमा बाहेक यस क्षेत्रमा चहलपहल शून्य रहन्छ । पछिल्लो समय ‘मुन्दुम ट्रेल’को केन्द्रबिन्दु रूपमा विकास भएसँगै चहलपहल थप वृद्धि भएको छ । सांस्कृतिक सँगै प्राकृतिक दृश्य अवलोकनको लागि प्रसिद्ध बन्दै गएको छ । एडमन्ड हिलारी र तेन्जिङ नोर्गे शेर्पाले पहिलोपटक सगरमाथा चढ्न जाँदा यही मार्ग प्रयोग गरेका थिए । भने द्वन्द्वकालीन समयभन्दा अघि यही क्षेत्रको बाटो प्रयोग गरे अधिकांश विदेशी पर्यटकहरू सगरमाथा जाने गर्दथे । अहिले पनि न्यून संख्यमा भएपछि विदेशी पर्यटक आउने गर्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *