आमा बनिन् आलिया,सार्वजनिक गरिन् छोरीको तस्बिर

मनोरंजन

काठमाडौं । बलिउड अभिनेत्री आलिया भट्ट आमा तथा अभिनेता रणबीर कपूर बुवा बनेका छन् । आलियाले आइतबार पहिलो सन्तानको रुपमा छोरीलाई जन्म दिएकी छिन् ।

यतिबेला आमा र शिशुको स्वास्थ्य अवस्था सामान्य रहेको बताइन्छ । मुम्बईको रिलायन्स अस्पतालमा उनले छोरी जन्माएकी हुन् । अहिले उनलाई सामाजिक सञ्जालमार्फत वधाई दिनेको ओइरो लागेको छ ।

विवाह भएको दुई महिनापछि नै आलियाले आफु गर्भवति भएको जानकारी दिएकी थिइन् । आलिया अहिले २९ वर्ष र रणबीर ४० वर्षका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *