स्टेजमै ढुङ्गा प्रहार हुनुको रहस्य खुल्यो ?

समाचार

काठमाडौं। गायिका समीक्षा अधिकारीमाथि स्टेजमै ढुङ्गा प्रहार भएको छ। संखुवासभा खाँदबारी पाङ्ठामा शुक्रबार राति भएको एक साङ्गतिक कार्यक्रममा समीक्षामाथि केही युवाहरूले ढुङ्गा प्रहार गरेका हुन्।उनले गीत गाउँनै लाग्द उनी माथि ढुङ्गा प्रहार भएको भिडिओ सामाजिक सञ्जालमा भाइरल छ। ढुङ्गा स्टेजमा फलिए पनि उनलाई लागेको देखिँदैन।

ढुङ्गा कसले र किन प्रहार गर्‍यो भन्ने कुरा खुल्न सकेको छैन। ढुङ्गा प्रहार गर्नेहरुलाई प्रहरीले खोजिरहेको जानकारी आएको छ । प्रत्यक्षदर्शीका अनुसार

ढुङ्गा प्रहार गरिए पश्चात् समीक्षाले ‘‘यसो नगरिइदिनुस् तपाईँको घरमा पनि दिदी बहिनी होलान्। राम्रोनराम्रो भन्ने त जसको पनि भइहाल्छ नि।’’

अधिकारी आफ्नो प्रस्तुति दिन स्टेजमा गए लगत्तै दर्शकहरूले हो हल्ला गरेका थिए। प्रहरी पनि कार्यक्रम स्थलमा तैनाथ भएका कारण केही समयमा नै अप्रिय घटना हुन नपाएको प्रहरीको भनाई छ ।

पल शाहका समर्थकहरुले नै सो कार्य गरेको हुनसक्ने प्रहरीको अनुमान छ भने बााकी अनुसन्धानपश्चात आधिकारीक खबर आउँने ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *