लु’क्सका कारण चर्चामा छिन् साउथकी अभिनेत्री तमन्ना

मनोरंजन

मुम्बई- दक्षिणकी अभिनेत्री तमन्ना भाटिया फिल्मसँगै आफ्नो लु’क्सका कारण चर्चामा रहन्छिन् । तमन्ना अहिले आफ्नो स्व’यम्बरका बारेमा गरेको घोषणाका कारण पनि चर्चामा छिन् ।उनले आफ्नो स्व’यम्बरमा यी तीन स्टारलाई बोलाउने बताएकी छन् ।

एक अन्तर्वार्तामा तमन्नाले आफ्नो स्व’यम्बरमा ऋतिक रोशन, विक्की कौशल र प्रभासलाई बोलाउने चा’हना रहेको बताएकी छन् ।

उनले आफू ऋतिक रोशनको फ्यान भएको पनि पुष्टि गरेकी छन् । अन्नपुर्ण पोष्टमा खबर छ । उनीसँग स्क्रि’न से’यर गर्ने इच्छा व्यक्त गर्दै तमन्नाले भनेकी छन्, ‘ऋतिकसँग फिल्म गर्न पाए मेरो पुरानो पोलिसी तो’ड्न तयार छु ।’

तमन्नाले ऋतिकसँग भएको आफ्नो भेटघाटका बारेमा पनि खु’लेर कुरा गरेकी छन्। भेटमा उनले ऋतिकसँग तस्बिर खिचेर सामाजिक सञ्जालमा पोस्ट पनि गरेकी छन् ।

तमन्ना छिट्टै बलिउड फिल्म ‘बोले चु’डियाँ’ मा देखिने छन् । फिल्ममा उनीसँग नवाजुद्दिन सिद्धिकी लिड रोलमा छन् । तमन्ना तेलुगु फिल्म ‘सिटीमार’ मा पनि देखिने छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *