आउँदो १ मंसिरदेखि सवारी चालक अनुमतिपत्र (लाइसेन्स)को अनलाइन आवेदन बन्द हुुने भएको छ । सरकारले एक सूचना जारी गर्दै यस्तो बताएको हो ।
यातायात व्यवस्था विभागद्धारा जारी सूूचनाअनुुसार लाइसेन्सको अनलाइन आवेदन प्रणाली अनिश्चितकालका लागि बन्द हुनेछ । सूचना अनुसार अर्को सूचना प्रकाशित नभएसम्मका लागि यो प्रणाली बन्द हुनेछ ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा विभागबाट कर्मचारीहरू खटिनुपर्ने भएकाले सेवा रोक्नु परेको सरकारको दाबी छ । विभागले कहिलेदेखि प्रणाली खुल्छ भन्ने उल्लेख गरेको छैन ।
विभागले लाइसेन्स छपाइ र वितरण चरम ढिलासुस्ती गर्दै आएको छ । ट्रायल पास भइसकेकाहरुले करिब ३ वर्षसम्म पनि लाइसेन्स नपाएको अवस्था छ ।
पछिल्लो समय विभागले अनलाइन आवेदन लिएको केही दिनमै परीक्षा लिइरहेको थियो । तर, पास भइसकेपछि भने राजस्व तिरेको भौचरले नै लाइसेन्सको काम गरिरहेको छ ।