सांस्कृतिक कार्यक्रममा समीक्षामाथि ढुङ्गा प्रहार

समाचार

संखुवासभा कात्तिक १९

गायिका समीक्षा अधिकारीमाथि संखुवासभामा ढुङ्गा प्रहार भएकाे छ। संखुवासभा खाँदबारी पाङ्ठामा एक साङ्गीतिक कार्यक्रममा अधिकारीमाथी ढुङ्गा प्रहार भएकाे हाे।

सांगीतिक कार्यक्रम प्रस्तुत गरिरहँदा उनीमाथि ढुङ्गा प्रहार गरिँदा तनाब उत्पन्न भएको थियो भने कार्यक्रमस्थल खैलाबैला भएको थियो।

ढुङ्गा प्रहार गरिए पश्चात समीक्षाले स्टेजबाटै यसो नगरिदिनुस् तपाईंको घरमा पनि दिदी बहिनी होला, राम्राे, नराम्रो भन्ने त जसकाे पनि भइहाल्छ नि भन्ने आसय व्यक्त गरेकी छिन्।

मतदातालाई कांग्रेस नेतृ डिनाको आश्वासन- चुनाव सकिएको भोलिपल्टबाटै लालपुर्जा बाँड्छौँ

मकवानपुरको प्रतिनिधिसभा क्षेत्र नम्बर १ की उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले निर्वाचन सम्पन्न भएको भोलिपल्टदेखि लालपुर्जा वितरणको काम थालिने बताइन्। मकवानपुरको बागमती गाउँपालिकामा आयोजित लोकतान्त्रिक बामगठबन्धनको चुनाव प्रचारप्रसार कार्यालयको उद्घाटन गर्दै उपाध्यायले यस क्षेत्रमा लालपुर्जाको समस्या रहेको बताउँदै पुर्जा वितरणलाई व्यापकता बनाइने बताइन्। चुनाव लागेसँगै उम्मेदवारहरूले जनतालाई विभिन्न आश्वासन बढिरहेका छन्।

‘‘यस क्षेत्रको मूख्य समस्या भनेको लालपुर्जाको समस्या रहेछ, भूमि आयोगले जग्गा नापी गर्ने काम गरिरहेको छ, चुनाव सकिएको भोलिदेखि नापी नभएका जग्गाहरूको नापी हुन्छ, नापी भइसकेको जग्गाको लालपुर्जा वितरण गरिनेछ,’’ उनले भनिन्।

यसअघि जितेर गएका उम्मेदवार फर्केर नआएको गुनासोप्रति इङ्गित गर्दै उम्मेदवार ‘डिना’ ले आफू जनताकै काम गर्न आएको र यही जनताकै माझमा बसेर काम गर्ने दाबी गरेकी हुन्। उनले भनिन् –‘‘म मेरो ठाउँलाई यस्तो बनाउन चाहन्छु, भोलि म मरेर गए पनि मेरो सन्तानले गर्व गरोस् भन्ने म चाहन्छु।’’

उम्मेदवार ‘डिना’ ले पालिकामा झोलुङ्गे पुल निमार्णमा गराएरै छाड्ने दाबी गरिन् । राइगाउँ –तालढुंगा –क्यानटिङ सडक राष्ट्रिय गौरवको आयोजनाको डिपिआर भैसकेको बताउँदै उनले त्यसलाई पूर्णता दिन प्रदेशको बजेट पर्याप्त नहुने र सङ्घीय बजेट ल्याउने जिम्मेवारी आफ्नो भएको समेत प्रस्ट्याइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *