काठमाडौँमा नै राति ९ बजेतिर २३ वर्षिय निशान्तको बाइकमा बाघ ठोक्कियो…

समाचार

काठमाडौा । त्रिवि परिसर कीर्तिपुरमा चितुवासँग मोटरसाइकल ठोक्किन पुगेको छ । त्रिभुवन विश्वविद्यालय परिसर कीर्तिपुरमा गएराति चितुवासँग मोटरसाइकल ठोक्किँदा घाइते भएका २३ वर्षिय निशान्त चौधरीको सातो गयो जब उनीसँग ठोक्किएको चिज बाघ थियो ।

घटना हो बिहीबार राति ९ बजेतिरको । विश्वविद्यालय परिसरमा रहेको क्रिकेट मैदान नजिकै निशान्तको मोटरसाइकलमा चितुवा बेतोडले ठोक्किएपछि उनी घाइते भए तर चितुवा कुलेलाम ठोकेर कहाँ गयो उनले पत्तै पाएनन् । पछिल्लो समय विश्वविद्यालय परिसरमा बच्चा सहितको चितुवा देखिने गरेको विश्वविद्यालयका प्राध्यापकहरु बताउँछन् ।

हिजोआज उक्ता क्षेत्रमा बच्चा सहितको यो चितुवा घुमिरहेको देखिने गरेको स्थानिय बताउँछन् । विश्वविद्यालय परिसरमा चितुवा देखिन थालेपछि साँझपख विश्वविद्यालय परिसरमा हिँडडुल गर्न डर लाग्न थालेको स्थानइकिो गुनासो छ ।

जंगलमा आहाराको कमि भएपछि चितुवा मानव बस्तीतिर आहाराको खोजिमा आउने गरेको बताइन्छ । विश्वविद्यालय परिसरमा देखिएको चितुवालाई जंगल पठाउन विभागले काम सुरु गर्न लागेको वन तथा भु–संरक्षण विभागकी वन्यजन्तु संरक्षण शाखाकी वन अधिकृत सबनम पाठकले जानकारी दिइन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *