महानायक राजेश हमालले पत्नी मधुलाई खुट्टा ढोगाएपछि तानिए विवादमा

समाचार

अभिनेता राजेश हमालको खुट्टा पत्नी मधुले ढोगेको त्तस्विर अहिले सामाजिक संजालमा भाइरल बनेको छ ।

यो तस्वीरको पक्ष र विपक्षमा फ्यानहरु बाडिएका छन् । उनका तस्विर केही फ्यानले मन पराएका छन् भने कतिपयले खुट्टा ढोगाउनुलाई पटक्कै मन नपरेको प्रतिक्रिया दिएका छन् रिदम ठकुरी लेख्छन्, ‘हाम्रो महानायक राजेश हमाललाई ढोगेको कति दामी देखिएको ।’

यो तस्वीरको पक्षमा समर्थन गर्नेहरु पनि प्रशस्तै छन् । विरोध गर्नेहरु पनि उत्तिकै । धेरैले मधुले संस्कारलाई पछ्याउँदै हमाललाई ढोगेको पनि कमेन्ट गरेका छन् ।कमेन्टमा कविता घर्ती मगर लेख्छिन्, ‘सहरका शिक्षित भनिएका व्यक्तिहरुको त यो हालत छ ।

बिचरा गाउँका चेलिबेटीको झन् के हालत होला ? ’आमाको वार्षिक पुण्यतिथि पर्ने भएकाले अभिनेता राजेश हमाल विजयादशमीको भोलिपल्ट मात्र दशैं टीका लगाएका हुन् ।

उनले दिदी र भिनाजुको हातबाट टीका लगाए । त्यसपछि हमालले मधु र निकट सहकर्मीलाई पनि बोलाएर टीका लगाइदिए । टीका थापेपछि मधुले हमालको खुट्टामा ढोगेकी थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *