काठमाडौं । सुपरस्टार सलमान खानकी पूर्व बुहारी एवं बलिउड अभिनेत्री मलाइका अरोडा खान फेरि चर्चामा आएकी छिन् । अभिनेता अर्जुन कपुरसँग प्रेम र विवाहका खबरका कारण सधै चर्चामा आउने उनी फेरि चर्चामा आएकी हुन् । यो पटक विवाह र प्रेमका कारण भन्दा पनि अरु नै कारणले उनी चर्चामा रहेकी छिन् ।
मलाइका आफ्नो स्वास्थ्य प्रति निकै सजग छिन् र उनी फिटनेशमा बढी धेरै ध्यान दिन्छिन् । उमेरले झण्डै ५० आसपास भए पनि उनी जवान देखिन्छन् । अक्सर उनी जिम जाँदा र आउँदाका फोटोहरु सामाजिक सञ्जालमा सेयर पनि गरिरहेकी हुन्छिन् ।
यो पटक उनी आफ्ना तस्विरका कारण ट्रोलको शिकार भएकी छिन् । उनको पिन्क टिसर्ट र ह्वाइट जिम ड्रेसका केही फोटो र भिडियो भाइरल भइरहेका छन् । त्यसैका कारण उनलाई सामाजिक सञ्जालमा नराम्रोसँग ट्रोल बनाइएको छ ।
जिम अगाडिका यी भिडियो तथा फोटोमा मलाइकाको पेटमा स्ट्रेच मार्क्स (चाउरीपन) देखिएको थियो । त्यही कारण मलाइका सामाजिक सञ्जालमा ट्रोलको शिकार बनेकी हुन् । त्यस चाउरीपनलाई हेरेर केही व्यक्तिहरु उनलाई बूढी महिला भनिरहेका छन् ।