विमानस्थलबाट निस्कँदा आखाभरि आशु अनि रुमालले हातको हतकडी लुकाउँदै हिरासतमा गए सन्दीप(भिडियो सहित)

भिडियो समाचार

काठमाडौं । नावालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पुर्व कप्तान सन्दिप लामिछानेलाई गौशला प्रहरी बृतमा लगिएको छ ।कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलमा आत्मसमपर्ण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

प्रहरीका अनुसार जुन ठाउँमा उनी माथी उजुरी परेको हो, सोही स्थानवाट कारवाही प्रक्रिया सुरु गरिनेछ । पक्राउ परे लगत्तै उनी माथी प्रहरी कारवाही सुरु भएको छ । सन्दीपलार्ई पनि पल शाहकै शैलीमा हतगडी लगाएर हिरासतमा लिएको हो ।

सधै फूलमाला र खादाले स्वागत हुने विमानस्थलमा हातमा हत्कडी लागेपछी सन्दिपका आखा रसाएका थिए ।सेता परिहनमा रहेका उनले अनुहारमा कालो मास्क लगाएका छन् । लामिछानेले आज नेपाल आएर प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका थिए ।

उनले सामाजिक सञ्जालमा एक वक्तव्य जारी गर्दै आफू बिहान १० बजे त्रिभुवन विमानस्थलमा उत्रिने र त्यहीँबाटै प्रहरीसमक्ष समर्पण हुने जानकारी दिएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *