शत्रुलाई परास्त गर्न विजयादशमीको दिन राशि अनुसार गर्नुहोस् यी काम, यस पटक छ अति शुभ

समाचार

काठमार्डौ । पञ्चाङका अनुसार आश्विन शुक्ल पक्षको दशमीका दिन दशैँ पर्व मनाइन्छ । यसपटक दशैँ पर्व असोज १९ गते परेको छ । दशैँको दिन राशि अनुसार पूजा गर्दा सबै मनोकामना पूरा हुने जनविश्वास छ ।

यो बर्ष दशैँको दिन राशि अनुसार पूजा गर्ने तोकिएको कुरा यहाँ उल्लेख गरेको छ । यो सबैका लागि उपयोगी सामाग्री आफूले पढिसकेपछि सेयर गर्न नभुल्नुहोला ।

मेष राशि : दशैँको दिन गणपति (गणेश) को पूजा गरी दूर्वा र लड्डु चढाउनुपर्छ। यसो गर्नाले शत्रुमाथि विजय प्राप्त हुनुका साथै पाप नाश हुने र घरमा सुख(समृद्धि बढ्ने जनविश्वास रहेको छ ।

वृष राशि : वृष राशिका व्यक्तिले दशैँको दिन भगवान शिव अर्थात भोलेनाथको पूजा गर्नुपर्छ ।

मिथुन राशि ज्योतिषमा मंगललाई मिथुन राशिको स्वामी मानिन्छ। दशैँको दिन अलिकति गुड़ लिएर रातो कपडामा बाँधेर जमिनमुनि राख्नुस् । यसबाट हरेक मनोकामना पूरा हुने जनविश्वास छ ।

कर्कट राशि : कर्कट राशिका व्यक्तिहरूले दशैँको दिन नयाँ कुखुरा किनेर घरमा ल्याउनुपर्छ। यो कुखुराको प्रयोगले घरको गरिबी हट्ने र दुःखको अन्त्य हुने जनविश्वास रहेको छ ।

सिंह राशि : यस राशिका व्यक्तिहरूले दशैँको दिन गरिबहरूलाई सहयोग गर्नुपर्छ।

कन्या राशि : दशैँको दिन भगवान श्रीरामलाई गुड़को पिठो चढाउनुपर्छ।

तुला राशि : विजय दशमीको दिन तुला राशिका व्यक्तिले हनुमानजीलाई चनाको लड्डू चढाउनुपर्छ । यसो गर्दा तपाईका सबै समस्याहरू हट्नेछ।

वृश्चिक राशि : विजयादशमीका दिन गरिबहरूलाई दान गर्नुपर्छ। यसले भगवानको कृपा ल्याउँछ।

धनु राशि : यस राशिका मानिसहरूलाई बुद्धि दिने देवता गणेशलाई चनाको लड्डू चढाउनुपर्छ।

मकर राशि : दशैँको दिन भगवान श्रीरामको पूजा गरी ११ ब्राह्मणलाई भोजन गराउनुहोस्। यसपछि आफ्नो क्षमता अनुसार दान गरेर बिदा गरे धन दौलत र इज्जत बढ्नेछ ।

कुम्भ राशि : दशैँ (विजयादशमी) को दिन कुम्भ राशिका व्यक्तिहरूले हनुमानलाई चोल चढाउनुपर्छ र उहाँको अगाडि हनुमान चालिसाको पाठ गर्नुपर्छ। यसले धन र विद्या प्राप्ति हुनेछ ।

मीन राशि : नारायणको आराधना गरी आफ्नो क्षमता अनुसार गरिब तथा विपन्नलाई दान गर्नुहोस्। मनोकांक्षा पूरा हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *